November 28th, 2016

राष्ट्र बैंकले बिक्री गर्यो १३.८२ करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले १३ करोड ८२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले ९१ दिने अवधिको दुई करोड ८२ लाख रुपैयाँ र ३६४ दिने अवधिको ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार बिक्री गरेको हो । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी फाल्गुन १७ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ मंसिर १२ गते परिपक्व हुनेछ । 

नेपाल सरकारका लागि छोटो अवधिका आन्तरिक ऋण उठाउने उद्देश्यले राष्ट्र बैंकले बेलाबेलामा ट्रेजरी बिल बिक्री गर्ने गर्दछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]