December 7th, 2016

राष्ट्र बैंकले जारी गर्यो २५ करोडको रिभर्स रिपो

नेपाल राष्ट्र बैंकले बुधबार २५ करोड रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्नका लागि उक्त रिभर्स रिपो जारी गरेको हो । अनलाइन बोलकबोलका आधारमा विक्री गरिएको सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी मंसिर २९ गते परिपक्व हुनेछ ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता अभाव भइरहेको छ । त्यसैले राष्ट्र बैंकले छोटो अवधिको र थोरै रुपैयाँको रिभर्स रिपो जारी गरेर तरलता व्यवस्थापन गरिरहेको छ । 

यसअघि, गत साताको बुधबार पनि राष्ट्र बैंकले २५ करोड रुपैयाँको रिभर्स रिपो विक्री गरेको थियो । उक्त रिभर्स रिपो बुधबार (आज) परिपक्व भएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]