December 10th, 2017

राष्ट्र बैंकले चालेका पाँच नयाँ कदमहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको जोखिम न्युनिकरणका लागि सुझावसहित निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले कर्जा, सञ्चालन, तरलता, बजार, ब्याज दर, विदेशी विनिमय र अन्य गरी सात खाले जोखिम पहिचान गरी सो जोखिमहरुको न्युनिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिएको हो । राष्ट्र बैंकले सबै खाले जोखिमको न्युनिकरणका लागि छुट्टाछुट्टै निर्देशन दिएको छ । 
 
कर्जा जोखिमको न्युनिकरणका लागि
कर्जा जोखिमको पहिचान, मापन, अनुगमन र नियन्त्रण गर्न सक्षम हुने गरी संस्थाले उपयुक्त नीति तथा कार्यविधि अबलम्बन गर्नुपर्ने,
कर्जा सम्बन्धि समग्र अख्तियारी संरचना स्वीकृत गर्ने जिम्मेबारी सञ्चालक समितिको हुने, 
उच्च ब्यवस्थापनलाई प्रत्यायोजित कर्जा अख्तियारी स्पष्ट हुनुपर्ने,
कर्जा मूल्यांकन, स्वीकृति, प्रवाह र ऋणीसँगको सम्बन्ध ब्यवस्थापन जस्ता कार्यका लागि छुट्टाछुट्टै हुने गरि ब्यवस्था गरेको हुनुपर्ने, 
बाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले कर्जा प्रस्ताव मूल्यांकन प्रयोजनार्थ कर्जा जोखिम मूल्यांकन प्रणालीको विकास आफैँले गरेको हुनुपर्ने,
जुन प्रयोजनका लागि कर्जा  दिएको हो, त्यसमा गएको छ छैन भनी अनुगमन गर्नुपर्ने, 
सबै कर्जाको एकल तथा क्षेत्रगत रुपमा आवधिक पुनरावलोकन हुने व्यवस्था गर्नुपर्ने,
निष्कृय कर्जाको यथोचित ब्यवस्थापनका लागि उचित नीति तथा प्रकृया कार्यान्वयनमा रहेको हुनुपर्ने ।
 
सञ्चालन जोखिमको न्युनिकरणका लागि
कार्यरत जनशक्ति, प्रकृया, प्रणाली तथा वाह्य घटनाका कारण सिर्जित सञ्चालन जोखिम ब्यवस्थापनका लागि उचित नीति तथा कार्यविधि कार्यान्वयन गर्नुपर्ने,
लेखा, सुचना प्रविधि, जनशक्ति तथा नगदका साथै बैंकिङ कारोबार जस्ता सबै सञ्चालन इकाइहरुमा उत्पन्न हुनसक्ने जोखिमलाई यस्तो नीतिले समेट्नु पर्ने, 
सञ्चालन जोखिमलाई ब्यवस्थापन गर्न प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा सूचना प्रणालीको विकास गर्नुपर्ने,
जोखिम ब्यवस्थापन कार्यबाट सञ्चालन सम्बद्ध जोखिमहरुको अनुगमन नियमित रुपमा हुने ब्यवस्था सहित क्षतिको घटनाहरु बारे सम्पूर्ण सुचनाहरु व्यवस्थित रुपमा रहने प्रणाली अवलम्बन गर्नुपर्ने, 
कुनै कर्मचारी प्रति अधिक निर्भरता, एउटै कर्मचारी लामो समय एकै स्थानमा रहेर कार्य गर्ने तथा कर्मचारीबीच मिलेमतोका कारण उत्पन्न हुनसक्ने कर्मचारी सम्बद्ध जोखिम न्यूनीकरणका लागि कर्मचारी पदस्थापना र सरुवा प्रभावकारी रुपमा हुनुपर्ने ।
 
तरलता जोखिमको ब्यवस्थापनका लागि
संस्थाले आफ्नो सम्पति तथा दायित्वलाई भुक्तानी अवधिको आधारमा विभिन्न समय अन्तरालमा बर्गीकरण गर्नुपर्ने,
कर्जा स्रोत परिचालन अनुपात सिसिडी रेसियो गणना गर्दा अन्तर बैंक निक्षेपलाई स्रोत परिचालनमा समावेश गर्न नपाइने, 
बैंक तथा वित्तीय संस्थाले स्वदेशी मुद्रामा ५ बर्ष वा त्योभन्दा वढि अवधिको ऋणपत्र जारि गरेको वा विदेशी बैंक, वित्तीय संस्था वा अन्य संस्थासँग विदेशी मुद्रामा ३ बर्ष वा त्योभन्दा वढि अवधिको दीर्घकालिन ऋण लिएको भएमा त्यस्तो रकमलाई सिसिडी प्रयोजनको लागि स्रोत परिचाल गणना गर्न सकिने ।

बजार जोखिमको ब्यवस्थापनका लागि
कोष ब्यवस्थापनसँग सम्बन्धित जोखिम अनुगमन, मापन एवं विश्लेषणका लागि बाणिज्य बैंकहरुले मिडिल अफिस स्थापना गर्नुपर्ने,
यस्तो अफिस कोष ब्यवस्थापन सम्बन्धि कार्यबाट स्वतन्त्र रहनुका साथै त्यो अफिसले जोखिम ब्यवस्थापन विभागलाई समेत रिपोर्टिङ गर्नुपर्ने ।

ब्याजदरसम्बन्धी जोखिम न्युनिकरणका लागि
ब्याजदरमा भएको परिवर्तनका कारण प्रभावित हुने सम्पति तथा दायित्वलाई मात्र यसमा समावेश गर्नुपर्ने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]