August 15th, 2016

राष्ट्र बैंकको नयाँ कदम : बोलकबोल स्वीकृतिपछि दामासाही

nepal rastra bankनेपाल राष्ट्र बैंकले अबदेखि रिपो र निक्षेप संकलन उपकरणको बोलकबोल स्वीकृत गर्दा दामासाहीमा वितरण गर्ने भएको छ । यसअघि परिवर्तनशील ब्याजदर नीति अवलम्बन गर्दा कुनै संस्थाले पाउने र कुनैले नपाउने अवस्था थियो । बजारले नै ब्याजदर निर्धारण गर्न पुरानो व्यवस्थामा रिभर्स रिपो र निक्षेप संकलन उपकरण जारी गर्दा सबैभन्दा सस्तो ब्याजदरबाट बोलकबोल स्वीकृत गर्दै जाने र रिपो जारी गर्दा सबैभन्दा महँगो ब्याजदरबाट गणना बोलकबोल स्वीकृत गर्दै जाने व्यवस्था थियो । त्यस्तो प्रणालीमा कुल जारी बोलकबोल रकम बराबर प्राप्त भइसकेपछि बाँकी प्रस्ताव स्वतः अस्वीकृत हुन्थे । तर, अब सबैले एउटै दरमा बोलकबोल गर्नुपर्ने भएकाले प्रस्तावित रकमको आधारमा दामासाही वितरण गर्ने व्यवस्था यससम्बन्धी कार्यविधिमा गरिएको छ । यसले बैंक तथा वित्तीय संस्थाबीच बढ्दो अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्ने राष्ट्र बैंकले बताएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]