November 27th, 2017

राष्ट्रिय स्तरका दुई विकास बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर । दुई वटा राष्ट्रिय स्तरका विकास बैंकमा जागीर खुलेको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् । 

मुक्तिनाथले आफ्नो काठमाडौँस्थित केन्द्रीय कार्यालयका लागि एक जना चिफ फाइनान्सियल अफिसर तथा काठमाडौँ, पोखरा, विरगंज, बुटवल र नारायणघाटका लागि केही संख्यामा इन्टर्नल अडिट अफिसर माग गरेको छ । उक्त पदका लागि ६ डिसेम्बरभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeHTNFNju6uXZuMtdHrICX93LlHSCE6-VFlbq0U6-c-iGS6Kw/viewform

त्यस्तै, कामना सेवाले केही संख्यामा शाखा प्रबन्धक र एसिस्टेन्ट तथा सिनियर एसिस्टेन्ट पदमा कर्मचारी मागेको छ । मंसिर २२ गते अर्थात ८ डिसेम्बर भित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]