August 18th, 2017

राष्ट्रिय बीमा संस्थान र नेशनल इन्स्योरेन्सको मुनाफामा उल्लेख्य गिरावट

राष्ट्रिय बीमा संस्थानको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रुपमा घटेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ६८ लाख रुपैयाँ मात्रै कमाएको हो । कम्पनीको खुद मुनाफामा ६५ दशमलव ०१ प्रतिशतले गिरावट आएको हो । 

९३ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा ३२ करोड १७ लाख रुपैयाँ र बीमा कोषमा ११ अर्ब ७२ करोड १४ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ३० दशमलव ३० प्रतिशतले घटेर दुई करोड ३३ लाख रुपैयाँ पुगेको छ भने खर्च १४ दशमलव २८ प्रतिशतले घटेर एक करोड ६४ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा कम्पनीले दुई अर्ब ७५ करोड ४१ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ भने तीन अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 

यता, निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीे लिमिटेडको मुनाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ८८ दशमलव ९८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ९७ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा १० करोड ७८ लाख रुपैयाँ मात्रै नाफा गरेको हो । 

कम्पनीको जगेडा तथा कोषमा ५५ करोेड ५० लाख रुपैयाँ नेगेटिभमा राखिएको भने बीमा कोषमा ८३ करोड २३ लाख रुपैयाँ राखिएको छ । कम्पनीो आम्दानी ८८ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने खर्च ८५ प्रतिशतले घटेर एक करोड ७२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा ६८ करोड ५६ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको कम्पनीले ६० करोड ६७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]