February 13th, 2017

राष्ट्रिय बीमा कम्पनीले कमायो २६ करोड मुनाफा : आम्दानी बढ्यो, खर्च घट्यो

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३ दशमलव ३९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीले १३ करोड ५२ लाख रुपैया मुनाफा आर्जन गरेको थियो ।

१२ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा एक अर्ब ९४ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब आठ करोड ९१ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ५२ दशमलव ४४ प्रतिशतले बढेर ३० करोड ९६ लाख रुपैयाँ पुगेको छ भने खर्च २९ दशमलव २४ प्रतिशतले घटेर चार करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ३६ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने आठ करोड ५० लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । 

कम्पनीकोे प्रतिसेयर आम्दानी दुई सय १० दशमलव २५ रुपैया, मुल्य आम्दानीको अनुपात ५१ दशमलव ९१ गुणा, प्रतिसेयर नेटवर्थ दुई हजार पाँच सय ४२ दशमलव ०२ रुपैया र तरलता अनुपात तीन दशमलव ४८ प्रतिशत रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]