June 3rd, 2017

यसरी सफल भएका थिए सन्सार हल्लाउने धनाड्यहरु

विश्वका आधा जनसंख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको एक अध्ययनले देखाएको छ । अक्सफामले गरेको अध्ययनका अनुसार, विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको बराबर सम्पत्ति अमेरिकामा छ । को हुन् त ती आठ धनाढ्य, जसको स्वामित्वमा छ, विश्वका आधा जनसंख्यासँग भए बराबरको सम्पत्ति ?

 

१. बिल गेट्स 
माइक्रोसफ्टका फाउन्डर ६१ वर्षिय बिल गेट्ससँग ७५ विलियन अमेरिकी डलर सम्पत्ति छ । बिल एण्ड मेलिन्डा फाउन्डेसनका समेत फाउन्डर रहेका उनी उद्योग, प्रोग्रामिङ, सामाजिक अभियान लगायत थुप्रै क्षेत्रसँग सम्बन्धित छन् । सन् २००० मा माइक्रोसफ्टका सीईओ समेत भएर काम गरेका गेट्सले २००८ मा अध्यक्षको रुपमा काम गरे । हाल भने उनले आफ्नो सम्पूर्ण समय बिल एन्ड मेलिन्डा फाउन्डेसनलाई दिने गरेका छन् । साथमा उनी माइक्रोसफ्टका वर्तमान सीईओ सत्य नडेल्लाका प्राविधिक सल्लाहकारको रुपमा काम गर्दै आएको छन् । २८ अक्टोबर १९५५ मा अमेरिकामा जन्मिएका उनी हार्डभर्ड युनिभर्सिटीबाट निकालिएका थिए । सन् १९९४ मा मेलिन्डा गेट्ससँग विवाह गरेका गेट्सका तीन सन्तान छन् ।

२. एमेन्सियो अर्टेगा 
विश्वव्यापी ब्राण्ड जाराका लागि प्रख्यात फेसन ग्रुप इन्डिटेक्सका अध्यक्ष तथा फाउन्डर अमेन्सीया ओर्टेगा ६७ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनी ८० वर्षिय स्पेनीस नागरिक तथा विजनेसम्यान हुन् । २८ मार्च १९३६ मा जन्मिएका ओर्टेगाले सन् १९६६ मा रोसालिया मेरासँग विवाह गरेका थिए । सन् १९८६ मा उनीहरुको सम्बन्ध टुट्यो । २००१ मा उनले फ्लो पेरेजसँग विवाह गरे । ओर्टेगाका तीन सन्तान छन् । उनका पिता रेलवेमा काम गर्थे । सानै उमेरमा उनले सर्ट बनाउने ठाउँमा काम गरे र त्यहाँबाट काम सिके । १४ वर्षको उमेरमा नै उनले पढाई छोडेका थिए ।

३. वारेन एडवर्ड बफेट 
संसारकै सबैभन्दा सफल लगानीकर्ता वारेन बफेट एक अमेरिकी विजनेसम्यान र सामाजिक अभियान्ता हुन् । उनी ६१ विलियन अमेरिकी बराबरको सम्पत्तिका मालिक हुन् । ८६ वर्षिय उनी अमेरीकाको मल्टिनेशनल कम्पनी बर्कशायर हाथवेका सीईओ तथा सबैभन्दा ठूलो सेयरधनी हुन् । उनी ओमाहाका तान्त्रिक, ओमाहाका सन्त लगायत उपनामले समेत चिनिन्छन् । उनीसँग भएको सम्पत्तिको भन्दा पनि उनको लगानीसम्बन्धि कौशलता बढी चर्चा हुने गरेको छ । उनका पिता सेयर ब्रोकर थिए । ३० अगस्ट १९३० मा जन्मिएका बफेटले युनिभर्सिटी अफ नेब्रास्का लिङकनबाट आट्र्स र साइन्समा ब्याचलर गरेका छन् भने कोलम्बिया युनिभर्सिटीबाट साइन्समा मास्टर्स गरेका छन् । सन् १९५२ मा बफेटले सुजेन बफेटसँग विवाह गरेका थिए । सन् २००४ मा उनको मृत्यु भएपछि उनले सन् २००६ मा एस्ट्रिड मेन्स्कसँग विवाह गरे । वारेन बफेटका तीन सन्तान छन् ।

४. कार्लोस स्लिम हेलु
कार्लोस स्लिम हेलु मेक्सीकन विजनेसम्यान, लगानीकर्ता र सामाजिक अभियान्ता हुन् । फोब्र्सको तथ्यांकअनुसार उनीसँग ५० विलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । ७६ वर्षका स्लिमले मेक्सिकोका थुप्रै कम्पनीमा लगानी गरेका छन् । उनी मेक्सिकोका वारेन बफेट नामले समेत चिनिन्छन् । सन् २०१० देखि २०१३ सम्म उनी संसारकै सबैभन्दा धनी व्यक्ति थिए । २८ जनवरी १९४० मा जन्मिएका उनले नेशनल अटोनोमस युनिभर्सिटी अफ मेक्सिकोबाट आट्र्समा ब्याचलर गरेका छन् । सन् १९६७ मा सौम्या डोमिट जिमायलसँग विवाह गरेका स्लिमका छ सन्तान छन् । सन् १९९९ मा उनकी पत्नीको मृत्यु भएको थियो ।

५. जेफ बेजोस
जेफ बेजोस संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका संस्थापक अध्यक्ष र सबैभन्दा ठूलो सेयरधनी हुन् । उनी अमेकीकाका प्राविधिक उद्योगी तथा लगानीकर्ता हुन् । उनी ४५.२ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनको विजनेस रुची एरोस्पेस र पत्रपत्रिकातिर पनि छ । उनी एरोस्पेस निर्माण तथा विकास कम्पनी ब्लु वरिजिनका संस्थापक तथा मालिक हुन् । सन् २००० मा स्थापना गरिएको यो कम्पनीले २०१५ को सुरुवातमा अन्तरिक्षमा परीक्षण उडान गरेको थियो । उनले सन् २०१३ मा द वासिङटन पोष्ट पनि खरिद गरेका थिए । १२ जनवरी १९६४ मा जन्मिएका बेजोसले प्रिन्सटन युनिभर्सिटीबाट साइन्स र आर्टर्समा ब्याचलर गरेका छन् । सन् १९९३ मा म्याक्केन्जी बेजोसँग विवाह गरेका उनका चार सन्तान छन् ।

६. मार्क जुकरवर्क
मार्क जुकरवर्ग संसारकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक तथा सीईओ हुन् । फेब्र्सका अनुसार उनी ४५ विलियन अमेरिकरी डलर बराबरको सम्पत्तिका मालिक हुन् । ३२ वषर्य जुकरवर्ग अमेरिकी प्रोग्रामर, इन्टरनेट व्यवसायी तथा सामाजिक अभियान्ता हुन् । हारभर्डमा कलेजको एउटा प्रयोगात्मक कोठाबाट उनले फेसबुक पत्ता लगाएका थिए, जसले छोटो समयमा नै उनलाई विश्वप्रख्यात बनायो । १४ मे १९८४ मा जन्मिएका जुकरवर्ग हार्डभर्ड युनिभर्सिटीबाट निकालिएका थिए । सन् २०१२ मा प्रिस्सिला चानसँग विवाह गरेका जुकरवर्गका एउटी छोरी छिन् । 

७. ल्यारी एलिसन
अमेरीकी विजनेसम्यान ल्यारी एलिसन ओर्याकल कर्पोरेसनका सहसंस्थापक हुन् । सेप्टेम्बर २०१४सम्म उनी यस कर्पोरेसनका सीईओ थिए । हाल ओर्याकलमा कार्यकारी अध्यक्ष तथा प्राविधिक अधिकृतको जिम्मेवारी सम्हालिरहेका एलिसन ४४ विलियन अमेरिकरी डलर बराबरको सम्पत्तिका मालिक हुन् । ७२ वर्षिय एलिसनले आफ्नो सम्पत्तिको एक प्रतिशत हिस्सा दान गर्न द गिभिङ प्लेज नामक संस्थासँग सम्झौता गरेका छन् । १७ अगस्ट १९४४ मा जन्मिएका एलिसन युनिभर्सिटी अफ सिकागो र युनिभर्सिटी अफ इलियन्सबाट निकालिएका थिए । उनले चार वटा विवाह गरेकोमा चार वटै विवाह असफल भएपछि हाल उनी एक्लै छन् । पछिल्लो पटक उनले सन् २००३ मा मेलेनी क्राफ्टसँग विवाह गरेका थिए । उनीसँग सन् २०१० मा डिभोर्स भएको थियो । एलिसन दुई सन्तानका पिता हुन् ।  

८. मिचेल रुबिन्स ब्लुमबर्ग 
माइक नामले परिचित अमेरिकी विजनेसम्यान, राजनेता तथा सामाजिक अभियान्ता मिचेल रुबिन्स ब्लुमबर्ग ४० विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनी फाइनान्सियल डाटा तथा मिडिया कम्पनी ब्लुमबर्ग एलपीका संस्थापक तथा मालिक हुन् । माइकले सन् २००० मा डाइना टेलरसँग विवाह गरे । उनका दुई सन्तान पनि छन् । १४ फेब्रुअरी १९४२ मा जन्मेका उनले जोन हप्किन्स युनिभर्सिटीबाट आट्र्स र साइन्समा ब्याचलर गरेका छन् भने हार्भर्ड विजनेस स्कुलबाट विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]