August 15th, 2016

यसरी जाकिँदै छ जापान बैंकिङ संकटको चङगोलमा

japanजापानको वित्तीय विभागले नकारात्मक ब्याजदरको नतिजाको कारण त्यहाँका प्रमुख बैंकहरुको नाफामा करिब तीन अर्ब अमेरिकी डलरबराबरको गिरावट आउन सक्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय देखिएको कमजोर आर्थिक नतिजाको कारण मुलुकमा नकारात्मक ब्याजदरमा अघि बढेको विवरणहरुले देखाएका हुन् । जापानी वित्तीय विभागले सन् २०१७ को मार्च महिनासम्म बैंकहरुको नाफा कमजोर रहने प्रक्षेपणसहितको विवरण सार्वजनिक गरेको छ । जसअनुसार जापानको आर्थिक नीतिको कारण त्यहाँका बैंकहरुको ऋण बढाउने क्षमता पनि कमजोर बनेको छ ।

जापानको मित्सुबिसी फाइनान्सियल ग्रुपको नाफामा उक्त अवधिमा एक खर्ब ५५ अर्ब जापानी येनबराबरको नाफामा गिरावटको अनुमान गरिएको छ । साथै अन्य प्रमुख वित्तीय संस्थाहरु सुमिटोमो मिट्स्यु फाइनान्सियल ग्रुप र मिजुहो फाइनास्निसयल ग्रुपको नाफामा उल्लेख्य गिरावट आउने विश्लेषकहरुले बताएका छन् । यदी जापानको बैंक अफ जापानले आर्थिक अवस्थामा सुधारको लागि ब्याजदरमा थप कटौतीको योजना ल्याएको खण्डमा जापानी बैंकहरुको नाफामा थप गिरावट आउने विश्लेषकहरुले बताइसकेका छन् ।

पछिल्लो समय जापनले मुलुकमा लगानीको क्षेत्र कमजोर रहेको भन्दै गत फेब्रुअरी महिनामा ब्याजदरको नतिजा सबैभन्दा कमजोर राख्ने निर्णय गरेको थियो । यसले अर्थतन्त्रमा उल्लेख्य सुधार आउने विश्वास गरिएको थियो तर अपेक्षा गरिएअनुसारको सुधार भने आउन सकेको छैन । यद्यपी पछिल्लो समय बैंकहरुको नाफामा भने उल्लेख्य गिरावट आउने अनुमान गरिएको हो ।

आर्थिक सुधारको लागि ब्याजदरको नतिजा नकारात्मक राखिनु एक बाध्यता रहेको जापानका अधिकारीहरुले बताएका छन् । जापानी अधिकारीहरुले जापानको आर्थिक सुधारको लागि ब्याजलरमा कटौती मात्र एक उपयुक्त विकल्प रहेको उनीहरुको भनाई रहेको छ । नकारात्मक ब्याजदरको नतिजाले जापानमा व्यापारिक रुपमा लिइने ऋणको नतिजा कमजोर राख्न सफल रहेको भएपनि बैंकहरुको नाफामा गिरावट आउनुले भने अर्को समस्या निम्तिने बताइएको छ । गत वर्षदेखि लगातार रुपमा कमजोर आर्थिक नतिजाको सामना गरिरहेको जापानको पछिल्लो आर्थिक अवस्था पनि कमजोर रहेको देखिएको हो । एजेन्सी 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]