September 6th, 2016

यतिले अघि बढायो हकप्रद निष्काशनको प्रक्रिया : विक्रि प्रबन्धकमा एनसीएम नियुक्त

yetiकाठमाडौँको दरबारमार्गमा केन्द्रीय कार्यालय रहेको यति डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । यसका लागि बैंकले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा नियुक्त गरेको छ । यति डेभलपमेन्ट बैंक लि.को तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसीएम मर्चेण्ट बैंकिङ्ग लि. को तर्फबाट प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हकप्रद शेयर निष्काशन गर्नेसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

बैंकले ६९ लाख ३१ हजार एक सय ६६ रुपैयाँ ७२ पैसा बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको १४औं वार्षिक साधारणसभाले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको थियो । बैंकले नियामक राष्ट्र बैंकको निर्देशनअनुरुप चुक्ता पुँजी बढाउन सो हकप्रद निष्काशन गर्न लागेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रियस्तरका विकास बैंकले ०७४ असार मसान्तसम्ममा चुक्तापुँजी साढे दुई अर्ब पुर्याउनुपर्ने हुन्छ । हकप्रद शेयर निष्काशन पश्चात यति डेभलपमेन्ट बैंकको चुक्ता पूंजी दुई अर्ब सात करोड ९३ लाख ५० हजार १६ रुपैयाँ कायम हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]