July 3rd, 2017

म्यान्मारको आर्थिक तथा सामाजिक विकासमा बुद्धिजमको चौतर्फी प्रभाव

मधुसुदन पोख्रेल-
सबैको चाहना : आर्थिक द्रुत विकास
२०७४ असार १४ गते सम्पन्न भएको स्थानिय तह दोस्रो चरणको निर्वाचन र सो को मत परिणामलाई लिएर यति वेला नेपालमा आम जनमानसमा ठुलो चर्चाको विषय बनेको छ । औषत करिव ७२ प्रतिशत मतदान भएको यस निर्वाचनमा अधिकांश स्थानमा मतगणना सार्वजनिक भए पश्चात जन प्रतिनिधिहरुले विजयको मालासँगै खुसियाली मनाई रहेका छन् । तर दुखद् र सबैले महसुश गरिरहेको कुरा के भने विश्व एक्काइसौं शताब्दीको द्रुत सुचना, सञ्चार तथा प्रविधिको यूगमा हामीले हप्तौं वितिसक्दा पनि निर्वाचनको पुरा परिणाम सार्वजनिक गर्न असफल भयौं । प्रचुर साधन स्रोत र समय त खर्चियौं तर उन्नत प्रविधिको प्रयोगको अभावमा हाम्रो कार्य केवल परमपरागत मात्र भयो । निर्वाचनको समयमा विभिन्न पार्टीका उम्मेद्ववारहरुबाट विकास निमार्णका आश्वासनहरु विभिन्न तहमा अधिक संख्यामा बाँडिएका छन् । तर दुर्रभाग्य भनौ या दूरदर्शीताको अभाव देशको चारैतर्फ विकासको गति तथा गुणस्तर अत्यान्त सुस्त र कमजोर अवस्थामा रहेको छ । आशा गरौ अव पुराना गल्तीहरु दोहोरिने छैनन् । द्रुत आर्थिक प्रगति र उन्नत विकास निर्माणको जन चाहना  सपना नभएर यर्थाथमा पुरा हुनेछ । यसका लागि नेतृत्वकर्ताहरुमा देश प्रतिको सच्चा इमान्दारिता र दुरदर्शीता कायम हुनु पर्दछ । जुन उत्साहका साथ स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ त्यही उत्साहका साथ गुणस्तरिय विकास निर्माण र नागरिकहरुको काम अव छिटो छरितो सम्पन्न हुनु पर्छ । यहि नै राष्ट्र, समाज र नागरिक प्रतिको सच्चा विजय हुनेछ । 

खुला आँखाले देखेको म्यान्मार
यसै सन्दर्भमा विकास र मानवसभ्यताका विषयमा विश्वका कैयौं मुलुकहरुलाई उदाहरणको रुपमा हेरी राम्रा विषयहरुको अनुसरण गर्र्न सकिन्छ । विकासको कुरा गर्दा सन् १९४६ मा ब्रिटिशबाट स्वतन्त्र भए पश्चात म्यान्मारले गरेको प्रगतिलाई नजिकबाट खुला आ“खाले हेर्ने अवसर प्राप्त भयो । गत जेष्ठ १९ गतेको थाई एयरवेजको  करिव तीन घन्टाको नियमित उडानबाट बैंकको स्वर्ण भूमी अन्तर्राष्ट्रिय विमान स्थलमा उर्तिए पश्चात भोली पल्ट एकघन्टाको उडान पछि विहान ९ वजे या“गोन् मिङ्गलाडोन अन्तर्राष्ट्रिय विमान स्थलमा पुग्न सफल भयौं । लुम्बिनी बौद्ध विश्विद्यालय मास्टर्स अफ आर्टस इन एप्लाइड बुद्धिजम (एमएएवी) दोस्रो वर्षमा अध्ययनरत चारजना विद्यार्थीहरु मधुसुदन पोख्रेल, प्रख्यात बन्जाडे, शंकर प्रसाद मल्लाह र विरेन्द्र नाथ पाण्डे शैक्षिक अध्ययन अनुसन्धान तथा पर्यटकीय उदेश्यले म्यान्मार हाम्रो भ्रमणको पहिलो रोजाईमा परेको थियो । विमानस्थलमा उत्र्रिएको आधाघन्टा भित्रै इन्टरनेशनल थेरावादा बुद्धिष्ट मिसिनरी यूनिर्भसिटीको सहयोगमा सोही यूनिर्भसिटीमा पुग्ना साथ भेनेरेवल आशिन बिमलाले हाम्रो चार दिनको कार्यक्रम तय गर्नुभयो । 

म्यान्मारको पुरानो राजधानी या“गोन्मा पहिलो पाइला टेक्नासाथ त्यहाँको आर्थिक विकास र मानव सभ्यताले हामीलाई निकै आकर्षित गर्यो । खासगरी शहरको विभिन्न स्थानहरुमा आकर्षक पार्क, हरियाली चारैतर्फ फराकिला चिल्ला सडक, हर्न बजाउन निषेध, व्यवस्थित फुटपाथ, सडक लाईट, ट्राफिक लाईट र जेव्रा क्रसिंगको चारै तर्फ राम्रो व्यवस्था रहेको हु“दा सवारी आवत जावतमा समेत अत्यान्त सहज र सुविधा रहेछ । सडकमा खाल्टाखुल्टी, धुलो, फोहोर र अव्यवस्थित निर्माण सामाग्री राखेको नदेखिनुले त्यहा“को विकास र मानव सभ्यतालाई प्रस्टै बुझ्न सकिन्थ्यो । म्यान्मारस“ग थाई, लाओस, भारत, चीन र समुन्द्र जोडिएको छ । यहाँका आदवासी जातिहरु मोन र फ्यू हुन् । यहाँका प्रचलित पुरानो भाषामा मोन खमेर हुन् । हाल प्रचलित भाषामा तिब्बेतो बर्मिज अन्तर्गतको हो । बर्माको नाम सन् १९८८ देखि म्यान्मार राखियो । बर्माकोे पुरानो नाम स्वर्णभूभि अथवा सुवर्ण भूमि द लेण्ड अफ गोल्ड पनि भनिन्छ । दाहीने तर्फबाट सवारी गुडाउने नियम रहेको म्यान्मारमा तीन दिनको बसाईमा सडकमा मोटरसाईकल, साईकल, ठेला जस्ता सवारी साधन र ट्राफिक, प्रहरी तथा सेनाको उपस्थिति समेत देखिएन । साथै विभिन्न विरोधका कार्यक्रमलाई लिएर यातायात, बजार, पसल तथा राजमार्ग बन्द गर्ने कार्यक्रम पनि हुने रहेनछ । 

बुद्धधर्मको प्रभाव र म्यान्मारको प्रगति

बुद्धधर्मसँग म्यान्मारको अत्यान्त गहिरो र प्रगाढ सम्बन्ध कायम रहि आएको छ । करीब ५ करोड ५० लाख जनसंख्या मध्ये ८९ प्रतिशतले थेरावाद बुद्धधर्म मानेको हुँदा म्यान्मार एउटा प्रसिद्ध बौद्ध राष्द्रको रुपमा चिनिएको छ । संसारमा व्यवहारिक रुपमा बुद्धधर्मको सिद्धान्तलाई लागु गर्ने देशहरुमा म्यान्मार अग्रस्थानमा पर्दछ । त्यसैले यहाँको आर्थिक तथा समाजीक विकासको स्तर, मानव सभ्यता बुद्ध भगवान प्रतिको आस्था, अध्ययन अनुसन्धान, प्यागोडाहरुको निर्माण र प्रर्यटनको विकास गर्व गर्न लायक देखिन्छ । 

नेपालको लुम्बिनीमा आज भन्दा २६०० वर्ष अगाडी भगवान गौतम बुद्धको जन्म भयो तर बुद्धधर्मको सिद्धान्तलाई व्यवहारमा उतारेर विकासको गति अगाडि बढाउनेमा म्यान्मार अग्रस्थानमा  रहेछ ।  यहाँ गौतम बुद्ध स्वयं पुग्नुभएको विश्वास गरिए पनि भरपर्दो आधार भने पाईँदैन । सिलोनिज  वंशावलीअनुसार सम्राट अशोकका धर्मदूतहरु धर्म प्रचारका क्रममा सोण र उत्तराको नेतृत्वमा यहाँ पुगेका थिए । यो धर्म प्रचारका लागि बाहेक पाचौँ शताब्दीभन्दा अघि कुनै पनि क्रियाकलापहरु भएको प्रमाण पाईँदैन । बर्मिज बंशावलीअनुसार पाचौँ शताब्दीमा बुद्धघोषले पनि बर्माको भ्रमण गरेको साथै उनैले बर्मामा पाली ट्रेडिसन शुरु गरेको उल्लेख छ । तपस्सु र भल्लुकले इशाको पाचौँ तिरै उत्काल पर्वतमा बुद्धको केशधातु राखी श्वेत चैत्य बनाएको विश्वाश पनि रहेकोछ । पछि आएर बर्मा विद्वानहरुको अध्ययन गर्ने स्थान त्रिपिटक अध्ययनस्थलको रुपमा परिचीत हुँदै गयो । असंख्य विहारहरु निर्माण भए र धेरै अभिलेखहरु लेखिए । सन् १८६८ देखि १८७१ भित्र पाचौँ बौद्ध संगायना सम्पन्न भयो । यसै संगायना पश्चात सम्पूर्ण तिपिटकलाई ७२९ वटा स¨मरर्मरहरुमा कु“देर मांडलेको कुथो दाच् विहारमा राखिएको अद्यावधि देख्न सकिन्छ । भ्रमणका क्रममा कवाय गुफामा पनि हामी पुग्यौं । जुन गुफामा सन् १९५० मा छैटौं संगायन सम्पन्न भएको थियो ।  

पिएचडीसम्म निःशुल्क शिक्षा दिने विश्वविद्यालय
हाल या“गोन्मा मात्र धेरै संख्यामा बौद्ध विश्वविद्यालय रहेका छन् । जसमध्ये इन्टरनेशनल थेरावादा बुद्धिष्ट मिसिनरी यूनिर्भसिटी प्रमुख विश्व विद्यालयको रुपमा रहेको छ । जहा“ हाल सत्तरी देशका असी विद्यार्थीहरुले व्याचलर देखि पिएचडीसम्म निःशुल्क रुपमा खाना बस्न र पढ्ने अवसर पाएका छन् । सो विश्व विद्यालयमा नेपालबाट तीन जना विद्यार्थीहरुले अध्ययन गर्दै गरेको पाईयो । जहा“ भियतनामका १० जना विद्यार्थीहरु अध्ययन गर्दै गरेका रहेछन् । यस दृश्यले भने हाम्रो कुटनीतिक अवस्था कमजोर हो कि जस्तो भान भयो । विश्वविद्यालयको औपचारीक कार्यक्रम पनि तोकिएको समयमा सुरु हने, आसन ग्रहणको लामो औपचारिकता नहुने, भाषण भन्दा बढी कार्यक्रमको विषय बस्तुमा केन्द्रीत भै तोकिएको समयमा कार्यक्रम समापन हुने रहेछ । जुन कार्यक्रमा सहभागि हुने मौका हाम्रो लागि जीवनकै अवस्मरणिय क्षण र¥यो । सोही विश्व विद्यालयको पुस्तकालयमा लुम्बिनीबाट लगेका केही पुस्तकहरु हस्तान्तरण गयौं । ती पुस्तक तुरुन्त हाम्रो उपस्थितिमा दर्ता गरेर राखियो । साथै लुम्बिनी सम्बन्धी पोष्टर, ब्रोसर, पुस्तक र लुम्बिनी बौद्ध विश्वविद्यालयको स्मारिका सो विश्व विद्यालयका  प्रमुखलाई समेत हस्तान्तरण ग¥यौं । सामुहिक तथा छुट्टा छुट्टै रुपमा प्रध्यापक, भिक्षु र विभिन्न देशका विद्यार्थीहरुस“ग गरेको अन्तरकृया कार्यक्रम अत्यान्त सफल भयो । विश्वविद्यालय तथा विभिन्न महत्वपूर्ण स्थानहरुमा लुम्बिनी बौद्ध विश्वविद्यालयको व्यानर र नेपालको राष्ट्रिय झण्डा फहराएर कार्यक्रम गरिएको थियो । 

विकासमा मेडिटेशनको सकारात्मक प्रभाव
म्यान्मारको या“गोन् शहर जहाँ २० हजार भन्दा बढी मेडिटेसन सेन्टरहरु छन् । मानीसहरु छुट्टिको समय र केही घन्टाको समय मिल्ना साथ मेडिटेसन सेन्टरमा गै ध्यान गर्ने प्रचलन ज्यादै व्यापक रुपमा रहेछ । नियमित ध्यान योगका कारण  म्यान्मार धेरै शान्त र विकासमा सकारात्मक प्रभाव परेको रहेछ ।  धर्म र मेडिटेशन सगस“गै गर्ने हु“दा धेरै गलतकामहरु हु“दो रहेनछ । अनावश्यक समयमा मानिसहरु सडकमा हिडडुल नगर्ने रहेनछन् म्यान्मारमा । विपश्यना ध्यान योगका सन्दर्भमा म्यानमारका सत्यनारायण गोयन्काको योगदान अत्यान्त महत्वपूर्ण रहेको छ । विभिन्न किसिमका विमारीबाट छुट र आध्यात्मिक लाभ पुग्ने विश्वासका साथ या“गोन् निवासी  लगभग सम्पूर्ण परिवारका सदस्यहरु  विपश्यनाबाट लाभ उठाएको पाईन्छ । महिला र पुरुष दुबैको रोजाई लुङ्गी पहिरन पर्दो रहेछ । महिलाहरुमा कुनै प्रकारको मेकअप भन्दा गालामा चन्दन  लगाउने प्रचलन रहेछ । खास गरी म्यान्मारमा ओजन तह बढी रहेको र विकिरणहरुबाट बच्च गालामा चन्दन लगाउने प्रचलन रहेछ । महत्वपूर्ण औपचारिक कार्यक्रम बाहेक महिला होस या पुरुष सेन्डिल बाहेक मोजा र जुता लगाउने चलन रहेनछ  म्यान्मारमा । गुम्बा, प्यायोडा जा“दा होस वा कुनै पनि किसिमको पसलमा जा“दा किन नहोस चप्पल वा सेन्डिल खोलेर मात्र भित्र जाने र समान किनेर लैजा“दा विक्रेताले झुकेर नमस्कार गर्ने उत्कृष्ट  परम्परा रहेछ  यागोनमा । 

प्यागोडाको आकर्षण र अर्थतन्त्रमा योगदान
म्यान्मारका विभिन्न  स्थानहरुमा प्यागोडाहरु धेरै संख्यामा प्रमुख आकर्षणको केन्द्र विन्दुका रुपमा  रहेका छन् । जस मध्ये या“गोन्को स्वेडागन प्यागोडा प्रमुख रुपमा रहेको छ । विदेशी नागरीकहरुका लागि प्रत्येक व्यक्ति ८ हजार च्याटको टिकट लिएर घुम्मे व्यवस्था रहेछ । विशाल क्षेत्रफमा फैलिएको यो प्यायोडामा दैनिक हजारौं स्वदेशी तथा विदेशी नागरीकहरु पुग्ने गर्दछन् । गोल्डेन रङको विशाल प्यागोडाको कलात्मक निर्माण र आकर्षण देख्दा लुम्बिनीमा हामीले गर्नु पर्ने इमान्दारीता पूर्ण काम धेरै नै बा“की रहेको आभाष भयो । त्यस्तै २ हजार च्याट तिरेर हेरीएको  यागोनको ग्रेट टुथ रिलिक प्यागोडा र त्यस भित्र रहेका सातवटा गोल्डन बुद्धका मूर्तिहरु त्यस प्रति मानिसहरुको विश्वास र पर्यटकहरुको बाक्लो उपस्थितिलाई हेर्दा म्यान्मारको अर्थतन्त्र मजवुत बन्दै गईरहेको र हाल प्रतिव्यक्ति आम्दानी औषतमा १३०८ अमेरिकी डलर पुगेको देखिन्छ । यागोनदेखि ९० कि.मी टाढा बागो ग्रामीण क्षेत्रमा पुग्दा समेत यत्र तत्र आकर्षक प्यागोडाहरु, आराम गरिरहेका बुद्धका विशाल मूर्तीहरु र मानिसहरुको सरल भेष भूषा र व्यहार देख्न सकिन्छ तर विश्वविद्यालय बाहिर स्थानियमा अंगे्रजी भाषाको कमजोरीले गर्दा दोहोरो संवादका लागि केही कठिनाई महशुस भए पनि सोही विश्वविद्यालयका प्रध्यापक भनेरेवल आशिन बिमला र हाम्रो भ्रमणमा साथ रहनु भएका भन्ते डा. शोभन, शाहिल शर्मा पौडेल (शाराडासी), उत्पन्न खड्का र  कर्मचारी थ जेनको  अत्यान्त सहयोगि व्यवहारका कारण  भ्रमण अत्यान्त उपलब्धी पूर्ण र जीवनको अवस्मरणिय क्षण बन्न पुग्यो  । 
 
म्यान्मारको सडकमा लुम्बिनी एक्सप्रेस बस
रुवी, मुगा जस्तो अत्यान्त महँगो रत्नको खानी रहेको म्यानमारमा यसको व्यवशायबाट केही मानिसहरु अत्यन्त धनि रहेछन् । कृषि र सामुन्द्रीक व्यपारबाट समेत मनग्य लाभ उठाएको रहेछ यस देशले । नेपाली रुपैयाँको तुलनामा भने यहाँको च्याट धेरै नै सस्तो रहेछ । विगतमा नेपाली भाषिहरुको समेत प्रसस्त बसोवास रहेको यस देशमा गोर्खाहरुले पुर्याएको योगदानलाई भने उच्च सम्मान दिएको पाईयो । यागोनको सडकमा एग्जुकेटिभ लुम्बिनी एक्सप्रेस लेखिएको बसले यात्रुहरुलाई सेवा पुर्याएको समेत देख्दा अत्यान्त खुःसी र रमाईलो लाग्योे ।  म्यानमारमा हाल करिव पाँच लाख भिक्षुहरु र ७५ हजार भिक्षुणीहरु रहेका छन् । प्रत्येक भिक्षु र भिक्षुणीहरुलाई अत्यान्त आदर सम्मान गरिदो रहेछ । भिक्षुहरुको छायाँ पनि कुच्न हुँदैन भन्ने मान्यता रहेछ । सैनिक शासनबाट मुक्त भएपछि म्यान्मार आध्यामिक र भौतिक विकासमा अझ अगाडी छर्रल्याङ मार्ने तरखरमा छ । त्यसैले त अझ व्यवस्थित गर्ने उदेश्यले यागोनबाट राजधानी नै सारेर हाल नेपिटोमा राखिएको छ । म्यान्मारमा  नोभोम्बर २०१५ देखि नेशनल लिग फर डेमोक्रेसी पूर्ण बहुमतका साथ सरकारमा छ । खासगरी म्यान्मारको प्रजातान्त्रीक आन्दोलनमा आङसाङ सुकीको योगदान संसारमै चर्चाको विषय बन्ने गर्दछ । 

यागोनमा राजदूतसँगको भेट उपलब्धीपूर्ण
भ्रमणको तेस्रो दिन नेपाली राजदूतावास या“गोन् म्यान्मार पुगि माहामहिम राजदुत भिम कृष्ण उदासस“ग करिव डेढघन्टा लामो समयसम्म भ्रमणको उदेश्य लगायत विविध विषयमा छलफल भयो । खासगरी म्यान्मारमा भएको बुद्धिजमको चौतर्फी विकास र यसले लुम्बिनीको आर्थिक, समाजीक र पर्यटकिय क्षेत्रमा पार्न सक्ने प्रभाव लगायता विविध विषयमा छलफल केन्द्रीत रहेको थियो । भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीमा पर्यटकहरुको उल्लेख्य संभावना आदि विषयमा समेत सो अवसरमा चर्चा भयो । छलफलमा  दूतावासका सेकेन्ड सेक्रेटरी राजु कार्कीको समेत उपस्थिति रहेको थियो  । 

अन्त्यमा
म्यान्मारमा बुद्धिजमको जति गहिरो र प्रभावकारी विकास भएको छ । त्यस स“गस“गै आर्थिक तथा भौतिक प्रगति र मानविय सभ्यताको समेत उल्लेख्य रुपमा विकास भइरहेको देखिन्छ । कुल जनसंख्याको ८९ प्रतिशतले थेरावाद बुद्धधर्म मानेको म्यान्मार आज एउटा प्रसिद्ध बौद्ध राष्द्रको रुपमा समेत चिनिएको छ । आज संसारका करोडौं बुद्धधर्मालम्बीहरु मध्ये अधिका“श जीवनमा एकपटक भए पनि लुम्बिनी भ्रमणमा आउन चाहन्छन् । यसै परिपे्रच्छमा म्यान्मारका एक चौथाई बौद्ध भिक्षु तथा बुद्धधर्मालम्बीहरु लुम्बिनी भ्रमणमा आउन सक्ने संभावना प्रसस्त रहेको छ । यसको भरपर्दो तयारीका लागि हाम्रो कार्ययोजना, आवश्यक भौतिक संरचना र भैरहवामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो निर्माण सम्पन्न गरी सञ्चालमा ल्याउनु अत्यन्त आवश्यक छ । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नाकोत्तर तह दोस्रो वर्षका विद्यार्थी हुन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]