February 16th, 2017

मेट लाइफ इन्स्योरेन्सको मुनाफा झन्डै दुई सय प्रतिशतले बढ्यो

निजी क्षेत्रको जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेस कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ९८ दशमलब ४७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मेट लाइफ इन्स्योरेन्सले तीन करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले जगेडा कोषमा ९९ यो अवधिमा मेट लाइफको आम्दानी एक सय ६७  दशमलब ४५ प्रतिशतले बढेर १८ करोड ४० लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन तथा खर्च एक सय ३३ दशमलव २९ प्रतिशतले बढेर सात करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा बीमा शूल्कवापत एक अर्ब ४२ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ भने ५९ करोड ९६ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । यो अवधिमा कम्पनीले छ लाख ८५ हजार सात सय एक वटा बीमालेख जारी गरी छ सय २४ वटा दाबी भुक्तान गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]