November 21st, 2017

मेगा बैंक र टुरीजम डेभलपमेन्ट बैंकको मर्जरमा संकट

बैंकिङ खबर / मेगा बैंक र टुरीजम डेभलपमेन्ट बैंकको मर्जरमा विवाद उत्पन्न भएको छ । मर्जरबारे मेगा बैंकका कतिपय संचालकहरुले विरोध गरेका छन् भने विरोध गर्ने सेयर सदस्यहरुका कारण विशेष साधारणसभा समेत स्थगीत भएको छ । टुरिजम् डेभेलपमेण्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्न डाकिएको मेगा बैंकको विशेष साधारणसभा स्थगित भएपछि मर्जरमा संकट उत्पन्न भएको हो । मुलत स्वाप रेसियोको बिषयमा विवाद छ । उक्त विषयमा विवाद उत्पन्न भएपछि मेगा बैंकका संचालकहरु एक आपसमा भांडिनुका साथै रुष्ट बनेका छन् । टुरिजम डेभलपमेन्ट बैंकको भने साधारणसभा सम्पन्न भई मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । दुबै बैंकले मंसीर ४ का लागि विशेष साधारणसभा बोलाएका थिए ।

मर्जर सम्झौता अनुसार टुरिजमको एक सय किता शेयर बराबर मेगाको ९५ किता सेयर हुनेगरी स्वाप रेसियो निर्धारण गरिएको थियो । सोही संझौताको विरोधमा मेगा बैंकका केही असन्तुष्ट पक्ष पाटन अदालतमा साधरणसभा स्थगित गर्न माग गर्दे निवेदन समेत दर्ता गरका थिए । अदालतको कारण साधारणसभा संचालनमा ढिलाई हुँदै आएको गरिएको थियो ।  फैसला नआएपछि बसेको विशेष साधरणसभामा सहभागी केही सेयरधनीहरुले मर्जर सम्झौतामा चलखेल भएको भन्दै कडा विरोध गरे । विरोध थाम्न नसकेपछि क्रम नपुगेको भन्दै सभा नै स्थगित गरियो । धेरै अगाडि नै यी दुई बैंकबीच मर्जर हुने भनिएपनि मेगा बैंकमा विवाद उत्पन्न भएपछि मर्जर ढिलाई हुँदै आएको थियो । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई पुस महिनापछि सेन्चुरी बैंकमा जानुपर्ने छ । उनले बैंकको साधारण सभा र विशेष साधारण सभा एकैचोटी सम्पन्न गरेर बैंकको समस्या समाधान गर्नुपर्ने चुनौती आएको छ । 

  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]