December 3rd, 2017

मृतक सदस्यको परिवारलाई किसान सहकारीद्धारा सहयोग

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की कैलालीले मृतक सदस्यको ऋण मिनाहा गरि मृतकका परिवारलाई काजकृया खर्च समेत उपलब्ध गराएको छ । संस्थाले सदस्यको सुरक्षण योजना अन्तर्गत संस्थाको नारायणपुर शाखा अन्र्तगत टिकापुर ६ भगवानपुर बस्ने केवली देवी चौधरीको मृत्यु पश्चात यस संस्थाबाट लिएको ५० हजार रुपैयाँ कर्जा मिनाह गरी काजकृया खर्च स्वरुप निजका श्रीमान् बाधु चौधरीलाई १४ हजार रुपैयाँ उपलब्ध गराएको हो । संस्थाका महा–प्रबन्धक डम्बर बहादुर शाहले शाखामा संचालीत वित्तिय साक्षरता कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरे । 

कार्यक्रममा सदस्य राज कुमारी थारुका श्रीमान्को मृत्यु पश्चात १७,८०० काजकृया खर्च र सदस्य सकुन्तला टमट्टाको श्रीमान्को मृत्यु पश्चात रु ५००० काजकृया खर्च समेत संस्थाको महा–प्रबन्धक तथा लघुवित्त प्रमुख रण बहादुर साउदको उपस्थितीमा वितरण गरियो ।

किसान बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय लम्की कैलालीमा रहेको यस संस्थाले कैलाली जिल्लामा २१ वटा सेवा केन्द्र मार्फत करिब ४५ हजार घरपरिवारलाई वित्तिय सेवा दिँदै आएको छ । संस्थाको यस कार्तिक मसान्तसम्म एक अर्ब ६२ करोड ५९ लाख रुपैयाँ लगानीमा रहेको छ


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]