September 11th, 2017

मुनाल सहकारीको अध्यक्षमा हुमागाईं निर्वाचित

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद हुमागाईं निर्बिरोध निर्बाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले हुमागाईँलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

अधिवेबनबाट संस्थाको संचालक समितिको उपाध्यक्षमा खेमनारायण खनाल, सचिवमा मगनलाल श्रेष्ठ र कोषाध्यक्षमा नारायणबहादुर थापा निर्वाचित भएका छन् । त्यस्तै, समितिको सदस्यहरूमा रमेश पौडेल, मुक्तिनाथ अधिकारी, सुदर्शन न्हुच्छे प्रधान, सुधा थापा, तिलकबहादुर प्रधान, डा विष्णुप्रसाद चापागाईं र डिलकुमारी पौडेल चयन भएका छन् । लेखा समिति संयोजकमा सुशन पौडेल तथा सदस्यमा डिलाराम लामिछाने र डा भवानी शंकर पौडेल चुनिएका छन् । निर्बाचित पदाधिकारीलाई निर्बाचन कमिटि संयोजक मिलन ढकालले पद तथा गोपनियताको सफत गराएको संस्थाका प्रबन्धक अमर थापाले बताए ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले अब सहकारीले देशकै बारेमा सोच्ने बेला आएको र समग्र मुलुकको वित्तीय सुधारमा सहकारी लाग्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक भीम गुरूङले कुनै पनि सहकारी पुँजीको हिसाबले ठूलो सानो नहुने तर सहकारीको कारोबार, वित्तीय स्थिति, समग्र सहकारीको व्यवस्थापनले ठूलो सानो हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारले सहकारीलाई तेस्रो खम्बाको रुपमा राखेको हुनाले समग्र मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

समारोहमा सहकारीका सेयर सदस्य कर्णबहादुर थापा र शंकर ताम्राकारलाई क्रमशः उत्कृष्ट निक्षेपकर्ता तथा उत्कृष्ट ऋणीबाट सम्मान गरिएको छ । सोही अवसरमा वर्षभरिको उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी सबिता तिवारीलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष मेघनाथ काफ्लेको अध्यक्षता भएको कार्यक्रममा इन्सेक पोखराका प्रमुख शिव खकुरेल, निवर्तमान अध्यक्ष विनोद ढुंगाना, नवनिर्बाचित अध्यक्ष दुर्गाप्रसाद हुमागाईं, खेमनारायण खनाल, मगनलाल श्रेष्ठ,सुधा थापा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]