May 10th, 2017

मिसन डेभलपमेन्ट बैंकको खुद मुनाफा पाँच करोड ६० लाख रुपैयाँ

मिसन डेभलपमेण्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मिसनले तीन करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

१९ करोड ४९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा ४८ दशमलव ७८ प्रतिशतले वृद्धि गरी दुई अर्ब ६३ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जामा दुई अर्ब ४० करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५३ दशमलव ९४ प्रतिशतले बढेर ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७६ प्रतिशतले बढेर आठ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको पुँजीकोषको अनुपात १२ दशमलव ९८ प्रतिशत, निष्कृय कर्जा शून्य दशमलव ४५ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३८ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात १९ दशमल ३३ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]