January 31st, 2018

महालक्ष्मी विकास बैंकले कमायो साढे २० करोड मुनाफा

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ करोड बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा महालक्ष्मीले १४ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

गत वर्षको यही अवधिमा २४ करोड २५ लाख रुपैयाँ रहेको कोषको आकार बढेर यो वर्ष एक अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत बर्ष १२ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि १० अर्ब आठ करोड रुपैयाँ कर्जा परिचालन गरेको बैंकल चालू आर्थिक वर्षमा निक्षेप २५ अर्ब १२ करोड रुपैयाँ र कर्जा लगानी २० करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकको खुद व्याज आम्दानी २३ करोड ९५ लाख रुपैयाँबाट बढेर ४५ करोड ४३ लाखमा पुगेको छ भने सञ्चालन नाफा ११ करोड ३१ लाखबाट तीन करोड ८० लाखमा खुम्चिएको छ । समीक्षा अवधिमा २८ करोड ६८ लाख राइट ब्याक गरेको बैंकले संभावित जोखिम व्यवस्थापनका लागि २५ करोड ४५ लाख प्रोभिजनमा राखेको छ ।

पुस मसान्तसमा महालक्ष्मी विकास बैंकको निष्कृय कर्जा ३.३९ प्रतिशत, प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६० पैसा, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा, कर्जा निक्षेप अनुपात ७२.०४ प्रतिशत, पूँजी कोष लागत ८.०६ प्रतिशत र तरलता अनुपात २६.२४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]