December 20th, 2016

मनास्लु विकास बैंकको ४६ हजार कित्ता सेयर बोलकबोलमा

मनास्लु विकास बैंकले ४६ हजार तीन सय ६१ दबमलव २५ कित्ता हकप्रद सेयर बोलकबोलमा निकालेको छ । गत साउन २३ गतेदेखि भदौ २५ गतेसम्म हकप्रद निष्काशन खुला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको सेयर बैंकले बोलकबोलका आधारमा विक्री गर्न लागेको हो । बोलपत्र आवेदन पुस १९ गते अपरान्ह २ः३० बजेभित्र काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडमा दर्ता गराइसक्नुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]