June 19th, 2017

मनाङको चामेमा सिटिजन्स बैंकको ५९औं शाखा 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मनाङ जिल्लाको चामेमा आफ्नो ५९औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले पुजापाठ गरि सो शाखा आरम्भ गरेका हुन् ।

देशको १४ अञ्चलमा फैलिएका यस बैंकको काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३५ गरी कुल ५९ वटा शाखा, ५८ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवा पुगेको छ । बैंकले चार लाख १७ हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु दिँदै आइरहेको र ती सबै सेवाहरु यस शाखाबाट पनि उपलब्ध गराउने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । मनाङ तथा यस क्षेत्रको वरपरका जनता र व्यवसायीलाई अन्तर्राष्ट्रिय गुणस्तरको बैंकिङ्ग सेवा दिने उद्देश्य लिएको यस बैंकको चामे शाखाबाट समेत ग्राहकहरुले आधुनिक बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने उनले बताए ।

बैंकले निकट भविष्यमा पाल्पा जिल्लाको छहरा, मकवानपुर जिल्लाको मनोहरी तथा नवलपरासी जिल्लाको भुमईबाट आफ्नो शाखा सञ्चालनमा ल्याउने छ ।

विद्यालयलाई आर्थिक सहयोग
बैंकले आफ्नो शाखा सुरुवात गरेको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मनाङ जिल्ला चामे स्थित लोकत्रिय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]