May 11th, 2017

मञ्जुश्री फाइनान्सले कमायो तीन करोड ६५ लाख रुपैयाँ खुद मुनाफा

मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मञ्जुश्रीले तीन करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

६२ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सले जगेडाकोषमा छ करोड ४७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५८ दशमलव ९० प्रतिशतले वृद्धि गरी तीन अर्ब २५ करोड ६४ लाख रुपैयाँ संकलन गरेको फाइनान्सले कर्जामा तीन अर्ब ३१ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी २८ दशमलव ९८ प्रतिशतले बढेर आठ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा पाँच दशमलव ६६ प्रतिशतले बढेर पाँच करोड ६१ लाख रुपैयाँ पुगेको छ । 

पुँजीकोष अनुपात १८ दशमलव ५५ प्रतिशत र निष्कृय कर्जा २ दशमलव ७१ प्रतिशत रहेको फाइनान्सले प्रोभिजनमा एक करोड ४९ लाख रुपैयाँ राखेको छ ।  चैत्र मसान्तसम्ममा मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी सात दशमलव ८२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २४ दशमलव ३० गुणा, प्रतिसेयर नेटवर्थ एक सय १० दशमलव ३८ रुपैयाँ र तरलता अनुपात २० दशमलव ९२ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]