June 23rd, 2017

मञ्जुश्री फाइनान्सको नयाँ शाखा सुनसरीको धरानमा

मञ्जुश्री फाइनान्स लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले शुक्रबार एक समारोहकाबीच आफ्नो ९ औं शाखा धरानको महेन्द्रपथमा शुभारम्भ गरेको हो । नयाँ शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष दामोदर प्रसाद गौतमले गरे । काठमाडौं नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस फाइनान्सले नारायणगढ, न्युरोड, बुटवल, धनगढी, इटहरी, विराटनगर र नेपालगञ्जमा शाखा विस्तार गरिसकेको छ ।

राष्ट्रिय स्तरको यस फाइनान्स कम्पनीको चुक्ता पूँजी हाल ७२ करोड ४३ लाख ७८ हजार ५ सय रहेको छ भने निक्षेप ३ खर्ब ५० अर्ब तथा कर्जा तर्फ ३ खर्ब ७१ अर्ब परिचालन गरेका प्रमुख कार्यकारी अधिकृत संतोष निरौलाले बताए । यसका साथै मञ्जुश्रीले रेमिट्यान्स तथा एटिएम सेवा पनि दिइरहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]