February 12th, 2018

भ्यालेन्टाइनमा केएल मोबाइल हबको मोबाइल मेला, ‘बाइ वान गेट वान फ्रि’ अफर

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै के एल मोबाइल हबले बाइ वान गेट वान फ्रि अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित मोबाइल मेला आयोजना गर्न लागेको हो । 

भ्यालेन्टाइन डेको अवसर पारेर मोबाइल हबले यहि फेब्रुअरी १३ देखि १५ दिनसम्म मोबाइल मेला आयोजना गर्ने भएको हो । फेब्रुअरी २८ सम्म चल्ने मेलामा मोबाइल खरिद गर्दा विभिन्न किसिमका उपहारको व्यवस्था गरिएको छ । मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गरिने छ । 

साथै मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गर्नेछ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरि मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भि ७ मोबाइल प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए । 

विश्व बजारमा पाइने २५ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु मोबाइल हबमा उपलब्ध छन् । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो लगायत ब्राण्डका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । 

मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइलबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था हबले मिलाएको छ ।

मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ । 

मोबाइल मेलामा हबले दशैं, तिहारमा सञ्चालन गरेको अफरभित्र पनि अफरको गोलाप्रथा पनि खोलिने छ । जसमा पहिलो हुनेले यामाहाको आर वान फाइफ मोटरसाइकल, दोस्रो हुनेले आईफोन ८, तेस्रो हुनेले मलेशिया तथा सिंगापुर भ्रमणको प्याकेज र चौथो हुनेले स्मार्ट फोन पाउने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]