June 19th, 2017

भोली छ अर्बको विकास ऋणपत्र विक्री गरिने, यसरी पेश गर्नुहोस् बोलकबोल

नेपाल राष्ट्र बैंकले भोली (मंगलबार) छ अर्ब रुपैयाँ बराबरको १५ वर्षे अवधिको विकास ऋणपत्र बोलकबोलका माध्यमबाट विक्री गर्ने भएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई भोली दिउसो ३ बजेभित्रमा अनलाइन विडिङ सिस्टममार्फत बोलकबोल पेश गर्न आह्वान गरिएको छ । हरेक छ महिनामा व्याज पाइने यो ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन पनि पाइनेछ । 

कसरी गर्ने बोलकबोल ?
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात रु. ४८० करोड र रु. १२० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था गरिएको छ । घटीमा रु. पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल गर्न पाइनेछ । URL https:// obss.nrb.org.np/pd को Online Bidding System Software मार्फत बोलकबोल पेश गर्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]