June 13th, 2017

भोलीदेखि प्रभु इन्स्योरेन्सको ४८ हजार कित्ता सेयर लिलामी

प्रभु इन्स्योरेन्स लिमिटेडले भोली (जेठ ३१ गते)देखि ४८ हजार एक सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण सेयर लिलामीमा निकाल्ने भएको छ । कम्पनीले असार ७ गतेसम्म लिलामीमा सेयर विक्री गर्ने निर्णय गरेको छ । 

कम्पनीले २०७३ चैत ३० गतेदेखि २०७४ जेठ २ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा बाँडफाँट भई बाँकी रहेको संस्थापकतर्फ पाँच हजार तीन सय ३४ दशमलव ४९ कित्ता र सर्वसाधारणतर्फ  ४२ हजार ७ सय ८८ दशमलव ३२ कित्ता साधारण सेयर लीलामीमा विक्री खुला हुने भएको छ । 

सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ ।

आवेदन दिई बाँडफाँटमा नपरेका आवेदकहरुको रकम फिर्ता भुक्तानी पूर्जा असार १२ गतेदेखि कम्पनीको सेयर रजिष्ट्रारबाट चेक मार्फत वितरण गरिन्छ । बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्न आह्वान गरिएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ  ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]