December 1st, 2017

भोलि शनिबार र पर्सि आइतबार सार्बजनिक विदामा पनि सबै बैंकहरु खुल्ने

मंसीर १६ गते भोलि शनिबार र १७ गते आइतबार सार्वजनिक विदाका दिनमा पनि बैंक खोल्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र १७ गते आइतबार बैंक खोल्न राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । निर्वाचनका क्रममा खटिने कर्मचारीलाई तलव भत्ता वितरण गर्नुपर्ने लगायतको अबस्थालाई ध्यानमा राखि बैंक तथा वित्तीय संस्थालाई कारोबार सुचारु गर्न निर्देशन दिइएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]