February 3rd, 2016

भूकम्पपछिको पुनर्विमामा करिव ४ अर्ब भित्रियो

economic aभूकम्पपछि विदेशी पुनर्विमा कम्पनिबाट झण्डै ४ अर्ब भित्रिएको छ । १३ वटा निर्जीवन बीमा कम्पनीहरुले भुकम्पपछि ३ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ विदेशी पुनर्बीमा कम्पनीबाट स्वदेश ल्याएका हुन् । बीमा समितिको तथ्यांकअनुसार सबैभन्दा धेरै रकम हिमालयन जेनरल इन्स्योरेन्सबाट नेपाल भित्रिएको छ । १७ निर्जीवन बीमा कम्पनीहरुमध्ये एभरेष्ट र एनबी इन्स्योरेन्सले भने कुनै रकम भित्र्याएका छैनन् । तथ्यांकका अनुसार हिमालयन जेनेरल इन्स्योरेन्सले १ अर्ब ७१ करोड ३१ लाख रुपैँया भित्र्याएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले ४३ करोड ८९ लाख, सगरमाथा इन्स्योरेन्सले ३१ करोड ४१ लाख, एनएलजी इन्स्योरेन्सले ३० करोड २२ लाख, प्रिमियर इन्स्योरेन्सले २२ करोड ७२ लाख, नेपाल इन्स्योरेन्सले २१ करोड १९ लाख, नेको इन्स्योरेन्सले १६ करोड रकम नेपाल भित्र्याएका छन् । त्यसैगरि, सिद्र्धार्थ इन्स्योरेन्सबाट १२ करोड ७६ लाख रकम पुनर्विमामार्फत नेपाल भित्रिएको छ भने प्रभु इन्स्योरेन्सबाट १२ करोड ४ लाख, युनाइटेड इन्स्योरेन्सबाट ८ करोड ८ लाख, लुम्बिनी इन्स्योरेन्सबाट ५ करोड ६८ लाख तथा राष्ट्रिय वीमा कम्पनिमार्फत २ करोड ५१ लाख रुपैँया नेपाल भित्रिएको छ ।

पुनर्बीमा कम्पनीले नेपाली कम्पनीले भनेअनुसार रकम उपलब्ध गराए पनि भूकम्पपछिको दावी भुक्तानीमा भने अझै बढ्न सकेको छैन । अहिलेसम्म ४० प्रतिशत पनि बीमा दावी भुक्तानी नभएको वीमा समितीको दाबी छ । भूकम्पका कारण विवरण आउन ढिलाइ भएकाले दाबी भुक्तानी प्रभावित भएको समितीको ठहर छ ।

नेपालका अधिकांश बीमा कम्पनीले अफ्रिका तथा युरोपेली तथा भारतीय कम्पनीसँग पुनर्बीमा गराउने गरेका छन् । अफ्रिकन रि नेपालबाट बिजनेश लैजाने प्रमुख पुनर्बीमा कम्पनी हो । नेपालबाट वार्षिक करिब सात अर्ब रुपैयाँ पुनर्बीमाबापत विदेशिने गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]