January 15th, 2018

भिसा कार्डबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म नगद फिर्ता

कार्ड लोयल्टी प्रोगामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान/सुविधा खरिद गर्दा  भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकहरुको पहलमा नेपालमा यस्तो योजना थालिएको हो । 

नेपाली समाजमा नगदबिना नै कारोबार गर्न सकिने, ग्राहकहरुमा भिसा डेबिट/क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने र कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने यस विशेष प्रकारको योजनाअन्तर्गत बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने कार्डबाहकहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यो योजनामा योजनामा सहभागि हुन ग्राहकहरुले न्युनतम पाँच सय रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र यस बैंकसँग आवद्ध बैंकहरुसँग सहकार्य गरी क्यास व्याक लोयल्टी योजनामा सहभागी हुन पाएकोमा भिसाले हार्दिक आभार प्रकट गरेको छ । यस योजनाबाट सेन्चुरी बैंक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि., महालक्ष्मी विकास बैंक लि., मेगा बैंक नेपाल लि., मुक्तिनाथ विकास बैंक लि., एनसिसि बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् । यस किसिमको योजनाबाट ग्राहक बर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंकहरु विस्वस्त छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]