June 27th, 2016

ब्रिटेनको हलचलपछि एसियाली बजार स्थिर बन्दै

stockइयु छोड्नेबारे ब्रिटेनमा भएको जनमत संग्रहको परिणामपछि शुक्रबार एकाएक हलचल भएको एसियाली बजारमा पहिलोपटक सुधार देखिएको छ । परम्परागत रुपमा लगानी सुरक्षित मानिने सुन, डलर र येनमा सुधार देखिएको हो । 

एसियाली बजारमा पाउण्डको भाउमा भने थप गिरावट आएको छ । तर शुक्रबार जस्तो उथलपुथल भएर पाउण्ड घटेको छैन । शुक्रबार ८ प्रतिशतले तल झरेको जापानको शेयर बजार सोमबार १ दशमलब ३ प्रतिशतले उकालो लागेको छ ।

बीबीसीका अनुसार जापानमा अहिले अधिकारीहरु येन बलियो भएकोप्रति चिन्तित देखिएका छन् । किनभने त्यसले सुधारको गतिमा रहेको जापानी अर्थतन्त्रलाई असर पारिरहेको छ । जसका कारण विदेशमा जापानी वस्तुहरु महंगो तुल्याउने देखिएको छ ।

विज्ञहरुले भने पाउण्डको भाउमा १० प्रतिशतसम्मको गिरावट आउने अनुमान गरेका छन् । इयु छाड्ने पक्षमा अभियान चलाएकाहरुले मतपरिणामको नकारात्मक प्रभावलाई बढाइचढाइ गरिएको टिप्पणी गरेका छन् । डेली टेलिग्राफ अखबारमा लेख्दै लण्डनका पूर्व मेयर बोरिस जोन्सनले ब्रिटेन एकल बजारको सदस्य रहिरहने र ब्रिटिशहरुले युरोपभर खुला रुपमा आवागमन गर्न पाइराख्ने उल्लेख गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]