July 7th, 2016

ब्राउजर ह्याक भयो ? अब यसो गर्नुस्

browserकहिलेकाहीँ ब्राउजरमा गूगल सर्च गरिरहँदा अनपेक्षित वेबसाइटमा पुगिन्छ । कहिलेकाहीँ स्मार्टफोन तथा ट्याब्लेटमा लुकेर बसेका भाइरस यसको कारण हुन्छन् । यस्तो अवस्थामा प्रयोगकर्ता ब्राउजर ह्याकिङको शिकार हुने सम्भावना प्रबल हुन्छ । ब्राउजर ह्याकिङ कुनै नौलो कुरा भने होइन । तथापि, स्मार्टफोन तथा ट्याब्लेटको माध्यमबाट इण्टरनेट सेवाको उपभोग गर्ने मानिसका लागि भने यो निकै खतरनाक हुन सक्छ । वेब ब्राउज गरिरहँदा वेबपेज लोड हुन धेरै बेर लाग्नु, ब्राउजर फ्रिज हुनु, कुनै एप वा प्रोग्राम लोड गर्ने कार्यमा समस्या आउनु वा इण्टरनेटको गति तुलनात्मक रूपमा निकै कम हुँदै जानु ब्राउजर ह्याकिङ हुनुका सम्भावित लक्षणहरु हुन् । त्यसकारण, यस्ता समस्या देखापरेमा प्रयोगकर्ताले सहजता अपनाउन आवश्यक छ । साथै, एउटा वेबसाइट टाइप गर्दा कुनै अर्कैमा प्रवेश हुन्छ भने त्यो पनि ब्राउजर ह्याकिङकै लक्षण हो ।

अहिले नेपालमा ठूलो सङ्ख्यामा स्मार्टफोन प्रयोगकर्ता छन् । तिनले प्रयोग गर्ने अधिकांश स्मार्टफोनमा एण्ड्रोइड सञ्चालन प्रणालीको प्रयोग गरिएको हुन्छ । विशेषज्ञहरूका अनुसार एण्ड्रोइड स्मार्टफोनमा भाइरसको खतरा बढी हुन्छ । त्यसैले, स्मार्टफोन वा ट्याब्लेटको सेक्युरिटी (सुरक्षा)का बारेमा कुनै शङ्का हुनेबित्तिकै यसको समाधानका लागि पहल गरिहाल्नुपर्छ ।

कसरी बच्ने ?
स्मार्टफोन वा ट्याब्लेटमा यस्ता ब्राउजर ह्याकिङबाट जोगिन ब्राउजरमा आफूले ‘एड’ गरेका सबै एक्टेन्शन राम्ररी नियाल्नुपर्छ । कहिलेकाहीँ हामीले नजानेरै अत्यावश्यक एक्टेन्सन अनइन्ष्टल गर्दा पनि यस्ता समस्या देखापर्छन् । आफ्नो कम्प्युटरमा यसो गर्नुपरेमा ‘कण्ट्रोल प्यानल’मा गएर ‘एड अर रिमुभ प्रोग्राम’ वा ‘अनइन्ष्टल अ प्रोग्राम’ अप्सनको छनोट गरी सबै अनावश्यक एक्टेन्सन डिलिट गर्नुपर्छ । यसो गर्ने प्रक्रियामा तपाईंले स्वेच्छिक रूपमा इन्ष्टल नगरेका प्राग्राम पनि देखा पर्छन् । यस्ता प्रोग्राम पनि डिलिट गर्नुपर्छ ।(एजेन्सी)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]