May 16th, 2017

बैंक अध्यक्षले सपथ लिनुपर्ने नयाँ व्यवस्था

वाणिज्य बैंकका अध्यक्षले पद तथा गोपनियताको शपथ लिनुपर्ने सम्बन्धमा नयाँ व्यवस्था लागू भएको छ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३’ (बाफिया) को व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूले राष्ट्र बैंकका अधिकारीहरूबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने भएको हो । राष्ट्र बैंकले एक परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइसकेको छ । 

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका अध्यक्षले गभर्नर अथवा डेपुटी गभर्नरसमक्ष, राष्ट्रियस्तरको विकास बैंकका अध्यक्षले डेपुटी गभर्नर वा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकबाट, जिल्लाबाहेकका अन्य संघसंस्थाका अध्यक्षले नियमन विभागको कार्यकारी निर्देशक वा निर्देशकबाट र जिल्लास्तरीय वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंकका क्षेत्रीय कार्यालय प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ । 

नयाँ व्यवस्था अनुसार दुई वटा बैंकका अध्यक्षले गभर्नरसमक्ष शपथ ग्रहण समेत गरिसकेका छन् । सिभिल बैंकका नवनियुक्त अध्यक्ष अम्बिर बोगटी र माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले आइतबार राष्ट्र बैंकको कन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर चिरंजीबि नेपालसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]