October 19th, 2016

‘बैंकिङ क्षेत्रले जोगाउन सक्छ आर्थिक मन्दीबाट नेपाललाई’

badri-pic-1बद्री खतिवडा – आर्थिक मन्दी व्यापार चक्रको एक डरलाग्दो अवस्था हो । मन्दीमा मुलतः कुल गार्हस्थ उत्पादन (जीडिपी) आम्दानी, रोजगारी, उत्पादन र बिक्री सबै घट्न जान्छ । मन्दी कुल गार्हस्थ उत्पादन बृद्धिदर घट्नु अगावै पनि सुरु हुन सक्छ । मन्दीको चक्र कसरी सुरु हुन्छ भन्न गाह्रै पर्छ । उपभोक्ताको माग घट्नु, मागसँगै बिक्री घट्ने, बिक्रीमा आउने कमिले लगानी घट्नु, लगानीसँगै रोजगारी गुम्ने हुँदा अन्तत कुल गार्हस्था उत्पादनमा कमि आउन जान्छ । व्यवसायहरु टाट पल्टिन थाल्छन् । नयाँ कामका अवसरहरु गुम्छन् । जसका कारण अर्थतन्त्र थप तहसनहस हुन जान्छ । त्यसैले पनि आर्थिक मन्दीलाई अर्थतन्त्रमा देखापर्ने कालो बादलको रुपमा चिनिन्छ । मन्दी गहिराईमा पुग्दा यसले २५ प्रतिशतसम्म बेरोजगारी बढाउन सक्छ ।

विश्वमा सन् १९९० को दशकमा सबैभन्दा ठूलो आर्थिक मन्दी देखापर्यो जुन मन्दीले उठ्नै नसक्ने गरी विश्व अर्थतन्त्र जर्जर मात्र पारेन राजनीतिक तरंग समेत ल्यायो । अमेरीकाका तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुस र क्यानडाका मुलरोनिले आफ्नो शक्ती देखाउन सकेनन् । न्युजिल्याण्डका तत्कालिन अर्थमन्त्री च्यनभच मयगनबिकले पदबाटै राजीनामा दिनुपर्यो । सम्पूर्ण बैंक तथा बित्तीय संस्था मर्जर खरीद हुँदै खारेजीमा पुगेका थिए ।

हाल विश्व अर्थतन्त्रमा पुनः मन्दीका थुप्रै संकेतहरु देखापर्न थालेका छन् । सन् २००८ सालमा अमेरीकाबाट देखिएको मन्दीको घाउ अझै निको नभएको अवस्थामा छ । तर फेरी देखिएको मन्दीको खतराले विश्व थप संकटमा पर्न सक्ने निश्चित प्रायः छ । मध्यपुर्वमा भईरहेको द्वन्दले त्यहाँबाट गैरकानुनी ढंगबाट युरोप बसाइँसराइ भईरहेको समस्याले युरोप ग्रसित छ । ब्रिटेनको यूरोपेली संघबाट बाहिरीने निर्णयले त्यहाँको अर्थतन्त्रमा अनिश्चितता छाएको छ । ठुला उत्पादकका रुपमा चिनिएका राष्ट्र ब्राजील र चीन मन्दीको चपेटामा छन् । जुन अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफएफ) ले प्रक्षेपण गरेको छ । पछिल्लो समय चीनको फलाम र तेलको मागमा अत्याधिक रुपमा कमी आएको छ । चीनको आर्थीक वृद्धिदर पछिल्लो समय घट्दै गएको छ । यद्यपी सन् २०१६ मा केही बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय अमेरिकी डलर बलियो भई यसको माग कमि हुनाले तेल र ग्याँसको मूल्य घटेको छ जसका कारण ईन्धनमा लगानी घटेको छ । त्यसैले पनि इन्धन उद्योगका आगि आवश्यक औजार र अन्य उत्पादनमा कमि आएको छ। विश्व अर्थतन्त्रको महत्वपुर्ण भाग ओगट्ने अमेरकाको केन्द्रीय बैंक र युरोपियन केन्द्रीय बैंकले खुकुलो मौद्रीक नीति अबलम्बन गर्नाले बस्तु तथा सेवाको मूल्य बढ्न गई अर्थतन्त्र बढेको देखीए पनि विन्डो ड्रेसिङ टेक्निकले लामो समय काम गर्न नसक्ने विज्ञहरुले औँल्याउँदै आएका छन् । पोर्चुगल, आयरल्याण्ड, ईटाली, ग्रीस र स्पेन आइएफएफ र इसीबीको सापटिबाट चल्दै छन । ग्रीस त पूर्ण रुपमा आइएमएफको ऋणमा निर्भर देखिएको छ । त्यसैगरी उदाउँदा अर्थतन्त्र बोकेका ब्राजील, दक्षिण अफ्रीका बढी मात्रामा अल्पकालीन ऋण र मुद्रा संकटको उच्च चपेटामा परेका छन् । यी विभिन्न कारणले विश्व अर्थतन्त्र मन्दीको सम्भावना बोकेर कठिन यात्रा गर्दै छ ।

विश्व आर्थिक मन्दीले नेपाललाई कस्तो प्रभाव पार्ला ?
आर्थिक मन्दी देखापरेमा नेपाललाई कस्तो असर पर्न सक्छ र त्यसका पुर्व तयारीहरु के के हुन सक्छन् ? यसबारे पनि केही बसह हुने गरेको छ । नेपाल एक सानो अर्थतन्त्र भएको र त्यसमा पनि धेरै आर्थिक क्रियाकलाप भुमिगत अर्थात बजेटमा अनुबन्धित नहुनाले र बैंक तथा बित्तीय संस्थाबाट कम कारोबार हुने हुँदा अन्य विकसीत मुलुकका तुलनामा यसको असर कम पर्ने देखिन्छ । सन् १९९० को मन्दीको असर यस्तै कारणले शून्य प्रायः परेको थियो । अब सधैं यस्तो विश्लेषण हावादारी र हाँस्यास्पद हुनसक्छ । नेपाल पुँजीबाद र खुल्ला अर्थतन्त्रमा प्रबेश गरेको छ । खुला अर्थतन्त्रमा उत्पादन देखि वितरणसम्म निजि क्षेत्रको अहम् भुमिका हुन्छ । नेपालको ठूलो श्रमशक्ती विदेशमा छ र नेपालको अर्थतन्त्रको ठुलो हिस्सा रेमिटेन्सले ओगट्छ । सम्पूर्ण श्रमशक्ती रोजगार बिहीन हुन गई रेमिटेन्समा कमी, उपभोक्ताको मागमा कमी ल्याई अर्थतन्त्र थप संकुचित हुन जान्छ । अन्य धेरै क्षेत्र प्रभाबित हुन जान्छन् । सरकारी वित्त, व्यापार, पर्यटन , वैदेशीक सहयोग र बिदेशी लगानी प्रभावित हुन जान्छ । वैदेशीक लगानी, रेमिट्यान्स र वैदेशीक सहयोग यी तीन क्षेत्रको अभावमा नेपालको अर्थतन्त्र लंगडो मात्र होईन शून्य प्रायः हुन जान्छ । डलरको मूल्य वृद्धि हुन गई आयतमा कमी हुन जानेछ । बजेटको अधिकांश हिस्सा ऋण र चालू खर्चमा खर्च हुनाले विकास कार्य प्रभावित हुन जान्छ । बैंक तथा बित्तीय संस्थाले ऋणमा कमी ल्याउने हुनाले विकास कार्य अबरुद्ध हुन जान्छ । अधीकांस खाडी क्षेत्रको कामदार फर्कन गई अर्थतन्त्र थप क्षत्विच्छेद् हुनपुग्छ । यसका लागि आन्तरिक बजार बिस्तार, उद्योगधन्दा तथा कारखानाको बिस्तार, कृषीको विकासमा जोड ,वैदेशीक निर्भरतामा कमी ल्याउँदै जानुपर्छ ।

मन्दी कम गर्न बैंक तथा वित्तीय संस्थाको ठूलो हात हुन्छ । त्यसका लागि निश्चित बिनिमय दर प्रणाली कायम गर्दा मुद्राको मुल्यमा आउने घटीबढी कमी भई आयात र निर्यातमा सन्तुलन कायम गर्न सकिन्छ । मुद्राको डिभ्यालुयसन गर्न सकिन्छ । जुन फिन्ल्याण्डले यही नीति मार्फत निजि क्षेत्रको विदेशी मुद्रा आर्जनमा केही वृद्धी गरेको थियो । बैंकहरुले सेवामुखी भन्दा उत्पादनमुखी कार्यमा ऋण प्रवाह गर्दा पनि लगानी, उत्पादन र रोजगारी सबै बढ्न जाने हुन्छ । त्यसैगरी राष्ट्र बैंकले प्रयोग गर्ने मुद्रा प्रदायक नीति, बैंक व्याजदर आदिले पनि अर्थतन्त्रलाई प्रभावित पार्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]