May 16th, 2017

बैंकिङ करिअर सुरु गर्ने सुवर्ण अवसर ! माछापूछ्रे बैंकले माग्यो १०५ जना फ्रेस कर्मचारी

माछापूछ्रे बैंक लिमिटेडले १०५ जना फ्रेस कर्मचारी माग गरेको छ । बैंकले उपत्याकाभित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि २८ जना मेनेजमेन्ट ट्रेनी र ७७ जना ट्रेनी जुनियर एसिस्टेन्ट माग गरेको हो ।

मेनेजमेन्ट ट्रेनीका लागि बैंकले कम्तीमा ६० प्रतिशत प्राप्तांकसहित मेनेजमेन्ट, विजनेस स्टडिज, विजनेस एडनिस्ट्रसन तथा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको कर्मचारी माग गरेको छ भने ट्रेनी जुनियर एसिस्टेन्टका लागि कम्तीमा ४५ प्रतिशत प्राप्तांकसहित मेनेजमेन्ट, विजनेस स्टडिज, विजनेस एडनिस्ट्रसन तथा सम्बन्धित विषयमा स्नातक उतीर्ण गरेको हुनुपर्ने बताएको छ । 

दुवै पदका लागि नेपाली नागरिक हुनुपर्ने र अंग्रेजी तथा नेपाली भाषा (लेखाई तथा बोलाई दुबै)मा पोख्त हुनुपर्ने बताइएको छ । मेनेजमेन्ट ट्रेनीका लागि ३० वर्ष र ट्रेनी जुनियर एसिस्टेन्टका लागि २७ वर्ष उमेर ननाघेको हुनुपर्ने समेत बैंकले बताएको छ । 

थप जानकारीका लागि तथा आफूले चाहेको पदमा अनलाइनमार्फत आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.machbank.com/career/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]