July 21st, 2017

बैंकले कसरी दिन्छ कर्जा ? (बैंकिङ कर्जाबारे महत्वपूर्ण जानकारी)

आरपी पौडेल/ रुपा कोइराला, भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकम कर्जा वा ऋण हो । सामान्यतयाः ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, मुद्दती रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, बिकास ऋणपत्र आदी धितो राखी कर्जा प्रदान गर्दछ ।

बैंकले के आधारमा दिन्छ कर्जा ?
हरेक बैंकले आफ्नो लगानीको सुरक्षा चाहन्छ । त्यसैले जस्तोसुकै ठाउँमा पनि बैंकले कर्जा प्रवाह गर्दैन । कर्जा दिँदा बैंकले कर्जा लिने व्यक्तिको बारेमा जानकारी लिन्छ । उक्त व्यक्तिको विवरणले उसले कर्जा चुक्ता गर्न सक्ने प्रष्ट पारेमा मात्रै बैंकले कर्जा दिन्छ । यसका लागि बैंकले निम्न कुराहरुको जानकारी लिने गर्दछ ः

बैयक्तिक चरित्र
कर्जा प्रदान गर्नु भन्दा अगाडि कर्जा प्रस्ताव गर्न आउने ब्यक्तिको नियत ठीक भएको र बैंकबाट लिएको कर्जा तिर्ने भावनाको छ वा छैन अध्ययन गर्छ । ठगी वा जाल्साजी गर्ने नियतको हो वा होइन छुट्याउँछ । पहिला कुनै बैंक वा बित्तिय संस्था बाट कर्जा लिए नलिएको, लिएको भए कर्जा इतिहासबारे जानकारी लिन्छ ।

योग्यता वा क्षमता
कर्जा प्रदान गर्न लागिएको ब्यक्ती वा संस्था करार ऐन २०५६ बमोजिम करार गर्न योग्य छ वा छैन भन्ने कुरा बिचार गर्छ । यदि करार गर्न सक्षम ब्यक्ती हो भने उसको सैक्षिक योग्यता तथा कुन ब्यवसायसँग सम्बन्धित हो ? जस्ता कुराहरुबारे पनि जानकारी लिन्छ ।

पुँजी
कर्जा माग्न आउने ब्यक्ति वा संस्थाले कति रुपैयाको लागी प्रस्ताव गर्न आएको हो, सो कर्जाको मात्रा उसको आयस्थिती, चल अचल सम्पतिको बिचार गर्दछ । साथै ब्यबसायको लागि कर्जा लिन आएको अबस्थामा उसको ब्यबसायको प्रकृति, ब्यबसायमा लगानी गरेको पुँजीको मात्रा जस्ता कुराहरुको विश्लेषण गर्छ ।

सुरक्षण
बैंकले कर्जा प्रदान गर्दा उचित धितो वा सुरक्षण राख्दछ । साथै उक्त धितोको बजार भाउ जस्ता कुरामा समेत विचार पुर्याउँछ ।

बाह्य वातावरण
बैंकले कर्जा प्रदान गर्दा राजनीतिक वातावरण, उसको सुरक्षणको बाहिरी स्थिति वा बजारमा बिश्वासयोग्य, बिक्री योग्य छ कि छैन आदि सम्पुर्ण बाहिरी पक्षसमेत मुल्यांकन गर्दछ । 

यस्ता सूचनाहरु उसको नजिकका ब्यक्ति, छरछिमेक वा अन्य उसलाइ चिन्ने ब्यत्ति वा ब्यबसायीसँगबाट सुचना लिने गर्दछ । ऋण तिर्न नसकी कालो सुचीमा परेको हो वा होइन ? साथै उसको कर्जा इतिहास कस्तो छ ? जस्ता कुराहरुको जानकारी भने वित्तीय संस्था, कर्जा सुचना केन्द्र आदिबाट लिने गर्दछ ।

बैंकले प्रदान गर्ने कर्जाका प्रकारहरु

  • आबधिक कर्जा 
  • ओभरड्राफ्ट कर्जा 
  • ट्रस्ट रिसिप्ट कर्जारआयात कर्जा
  • डिमान्ड तथा अन्य चालु पुँजी कर्जा
  • रियल स्टेट कर्जा
  • आवासीय घर कर्जा
  • हायर पर्चेज कर्जा
  • बिपन्न बर्ग कर्जा
  • कृषि कर्जा
  • शैक्षिक कर्जा

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]