November 30th, 2017

बैंकर्स संघको साधारणसभा सम्पन्न, कार्यकारीणी सदस्यमा रमेश अर्याल भित्रिए

बैंकिङ खबर / नेपाल बैंकर्स संघको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार राजधानीको होटल अन्नपूर्णमा संघको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले संघको कार्यसमिति सदस्यमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललाई चयन गरेको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको बैंकर्स संघ सदस्यमा दुई कार्यकाल पुरा भएपछि संघमा एक सदस्यको पद रिक्त थियो । सो रिक्त पदमा बिहीबारको साधारणसभाले अर्याललाई निर्विरोध निर्वाचित गरेको हो ।
सदस्यमा अर्याल नियुक्त भए पनि रिक्त रहेको उपाध्यक्षका लागि साधारणसभाले कुनै पनि निर्णय गरेको छैन् । किशोर महर्जनले सिभिल बैंक छाडेसँगै उपाध्यक्ष पद रिक्त छ ।  साधारणसभाले नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणालाई विशेष सम्मान गरेको छ । नेपालको बैंकिङ क्षेत्रमा ६ दशक भन्दा बढी समय विताएको र बैंकिङ क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै राणालाई सम्मान गरिएको संघका अध्यक्ष अनिलकेशरी शाहले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]