October 2nd, 2017

बैंकमा सीईओ बन्न कस्ता योग्यता चाहिन्छ ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालकको योग्यता तोकेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन ९बाफिया० को दफा १६ मा बाणिज्य बैंकहरुका संचालक र दफा १७ मा स्वतन्त्र संचालकको योग्यता तोकिने ब्यवस्था छ । यस्तै सोही ऐनको दफा २९ मा लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुखको योग्यता तोक्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार राष्ट्र बैंकले संचालक, स्वतन्त्र संचालक र कार्यकारी प्रमुखको योग्यता तोकेको हो 

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुख बन्नको लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ ।

अथवा, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश बर्षको कार्य अनुभव हासिल गरेको बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको कार्यकारी प्रमुख बन्न पाउनेछन् ।

त्यस्तै, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख बन्न पाउनेछन् ।

क, ख र ग वर्गका बैंक संचालकको योग्यता
नयाँ ब्यवस्था अनुसार बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालकको पदमा नियुक्त हुन निम्न योग्यता तथा अनुभव हुनुपर्नेछ स्

विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा पाँच बर्ष काम गरेको ब्यक्ति हुनु पर्नेछ ।

अथवा,  स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा ३ बर्ष काम गरेको योग्यता र कार्यअनुभव भएको ब्यक्तिपनि संचालक बन्न पाउनेछ ।

अथवा, व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको संचालक बन्न सक्ने छ ।

लघुवित्तको संचलाकका योग्यता
लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा नियुक्त हुन भने विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा तीन बर्ष काम गरेको ब्यक्ति हुनुपर्नेछ ।

अथवा  प्रविणता प्रमाणपत्र तह वा माध्यमिक तह ९कक्षा १२ सम्म० उत्तीर्ण गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा दुई बर्ष काम गरेको ब्यक्ति लघुवित्त वित्तीय संस्थाको संचालक बन्न पाउनेछन् ।

अथवा, व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरेको पनि लघुवित्त वित्तीय संस्थाको संचालक बन्न पाउने छन् ।

स्वतन्त्र संचालकसम्बन्धी व्यवस्था
बैंक वा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकको पदमा नियुक्त हुनको लागि वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास बैंकको हकमा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरी कुनै विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति हुनुपर्ने छ ।

राष्ट्रियस्तरको विकास बैंक बाहेकका अन्य विकास बैंक एवं वित्त कम्पनीको हकमा  व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी कुनै विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा द्वितीय श्रेणीको अधिकृत वा सोभन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति संचालक बन्न पाउनेछ ।

त्यस्तै, लघुवित्त वित्तीय संस्थाको हकमा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी कुनै विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत वा सो भन्दा माथिको पदमा कम्तीमा दुई बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति स्वतन्त्र संचालक बन्न पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]