February 2nd, 2016

‘बैँक लगानीको सुरक्षा चाहन्छ’

upendra-2नेपाल राष्ट्र बैँकले नेपालको कृषि व्यवसायको उत्थानका लागि भन्दै विभिन्न सुलभ कृषि कर्जा तथा अनुदानका प्याकेजहरु ल्याएको छ । यद्यपि, कृषि व्यवसायीहरु वास्तविक कृषकले अनुदान नै नपाएको र दाबी गर्न जाँदा विभिन्न वाहनामा टार्ने गरेको गुनासो गर्छन् । यस्तै यस्तै अन्यौलका बीचमा फसिरहेको छ नेपालको कृषि व्यवसाय । पछिल्ला दिनहरुमा थुप्रै युवाहरु सामुहिक कृषि व्यवसायमा लागेको कुराहरु आइरहेको छ । त्यस्ता जाँगरिला हातहरुलाई प्रोत्साहन गर्न तथा वर्षेनि विदेशिएका लाखौँ कर्मठ हातहरुलाई स्वदेशकै उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारी तवरबाट पहल गरिनुपर्ने काग सर्वसाधारणहरुको छ । यसैबिच, कृषि क्षेत्रमा बैँकको लगानीको अवस्था तथा त्यसका प्रभावकारिताका सम्बन्धमा मिडिया इन्टरनेशनलद्धारा राजधानीमा आयोजित कृषि निती र कृषि कर्जा विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाल बैँकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलद्धारा गरिएको विश्लेषणको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

लगानी भन्दा पहिला आँट 
काम खोज्ने एक किसीमको आँट भयो भने अवश्यपनि हरेक काम गर्न सम्भव छ भन्ने कुरा प्रष्ट हुन्छ । यससँगै कृषिको लागि सरोकारवाला निकायले गरेको प्रयास तथा यसका निमित्त भएका नियमनहरु  केहि प्रभावकारी हुँदै पनि गएका छन् यो अत्यन्त सकारात्मक कुरा पनि हो । यसका अलावा नियमनकारी निकाय वा सरकारले कृषिको लागि वैज्ञानिक किसिमको नियम ल्याएतापनि कृषिको समुचित विकास हुन सकेको छैन । उदाहरणको लागि घर बनाउने क्रममा पैसा त चाहिन्छ नै  तर के सम्मृद्धिका लागि पैसा भयो भने मात्रै पुग्छ त ? सबै तत्वका समिश्रणबाट मात्रै एउटा सुन्दर घर निर्माण हुने भएकोले गर्दा हामी कृषिको लागि यो समिश्रणमा पो चुकेका छौँ कि ? हामी कृषिमा समृद्धिको कुरा गरिरहेका छौँ । के  यो सम्वृद्धिको लागि  हामीले चालेको कदम उपयुक्त छ त यसमा चाहिँ समिक्षा गर्नैपर्छ ।

बैंक : लगानीकै लागी 
बैंकहरुले पैसा दिएनन् भन्ने चरम गुनासो कृषकहरुबाट नआएको होईन । यद्यपी बैंकहरु उहाँहरुलाई नै  पैसा दिनको लागि उहाँहरुकै पैसा संकलन गर्ने निकाय पनि हो  । तथापी हाल के भएको छ भने कृषक र बैंकबिचमा  सञ्चारको अभाव  केहि किसीमबाट देखिएको छ । यसका साथै  कृषकले बैंकबाट लिएको लोन तिर्न सक्छ भन्ने विश्वास भएको डकुमेन्टको आधारमा मात्रै बैंकहरुले लोन दिएको हुन्छ । यसकारण यदि व्यवसायीले बैंकको नीतिनियम अनुसारको रिक्वायर्ड पुरा गरेर आएको छ भने त्यसलाई बैंकले नदिने वा दुख दिने भन्ने कुरा हुँदैन ।बैंकले पैसाको सेफ्टी चाहिँ पक्कै खोजेको हुन्छ । कृषिले देशको भाग्यरेखा निर्धारण गर्ने काम गरिरहेको हुन्छ । यसकारण पनि कृषिको विकासका लागि हामी बैंकहरुले पनि सोचिरहेका छौँ । व्यवसायिक कृषिको लागि  ७५ जिल्लामा समिती नै बनाएर क्याम्पियनको रुपमा सञ्चालन गर्ने बारेमा सोचीरहेका छाँै ।  तर यसमा सरकारले पनि आफ्नो शक्ति खर्चनुपर्छ । आज पेट्रोलको लाईनमा बसेका नागरीकहरु भोलि चामलको लाईन बस्नुपर्ने अवस्था आयोभने हाम्रो अवस्था के हो । त्यो किसीमको अवस्था आयोभने  के  गर्ने ? त्यसकारण अब कृषिको विकास नगरी सुखै छैन ।

कृषि कर्जा बारे बुझाईमा समस्या
त्यसकारण कृषि कर्जाको विषयमा हामीले वास्तविक किसानलाई बुझाउन जरुरी भैसकेको छ । बैंकहरुमा किसानले प्रपोजल दिईराखेका हुन्छन् तर त्यो प्रपोजलका लागि  बैंकले जारी गरेको रिक्वायर्ड त्यसले मिट गरेको छ कि छैन भन्ने कुरा पनि अर्को महत्वपूर्ण कुरा हो । यो कुरा सबैलाई बुझाउन एकदमै जरुरी भैसकेको छ । बैंकले  दिने सुविधा वा कसरी मोबिलाईज हुने भन्ने कुराहरु, आधारभुत नीति नियमहरुको बारेमा  जानकारी राख्न  सबैलाई  आह्वान  गर्छु । बैंकहरुको आधारभुत सरोकार उसले गर्ने लगानीको सेफिटमा नै हुन्छ । त्यसकारण  यसबारे सबैले बुझ्नु जरुरी छ ।

upendra paudelआफ्नो लगानीको सुरक्षा मात्रै चाहन्छन् बैंकहरु
बैंकहरुले लगानी गर्न चाहन्छन् पनि र गरिरहेका पनि  छन् । आउने पुस्ताका लागि हामीले  सहज किसीमको वातावरण सिर्जना  गर्नसक्नुपर्छ भन्न ेअठोटसहित हामी बैंकर्सहरु पनि हिँडिरहेका छौँ । अलैचीखेति दुग्ध विकास, अदुवा, कफी लगायतका कृषिजन्य वस्तुको विकासका लागि फण्ड सिर्जना गरेर अघि बढ्ने सोचसहित हिँडेका छौँ । र विभिन्न परियोजनाहरु मार्फत काम अघि बढाउनको लागि लागिपरेका छौँ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]