January 18th, 2017

बुटवलको पुष्पलाल पार्कमा ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

ओम डेभलपमेन्ट बैक लिमिटेडले बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । पूष्पलाल पार्क हस्पिटल लाइनमा आफ्नो कारोबार सुचारु गरेको बुटवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी दिए । बुटवल शाखा सहित ओमले अब मुलुमभर २९ शाखाबाट आफ्नो सेवा दिनेछ । 

हाल उत्कृष्ट पाँचमा पर्न सफल ओम डेभलपमेन्ट बैकले बचतका बिभिन्न प्रकारका खातामा आकर्षक ब्याज प्रदान गर्दै आएको छ । हालै मात्र बैंकले १० प्रतिशत ब्याजदरमा एक बर्षे मुद्दती र  १०.५ प्रतिशत ब्याजदरमा ९० दिने बिषेश मुद्दती खाताको नयाँ योजना ल्याएको छ । यस योजनालाई भरपूर लाभ उठाउन बैंकले ग्राहकलाई आग्रह समेत गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]