January 3rd, 2017

बीमा समितको अध्यक्षमा चिरञ्जीवि चापागाँई

बीमा समितको नयाँ अध्यक्षमा चिरञ्जीवी चापाँगाई नियुक्त भएका छन् । आगामी ५ बर्षे कार्यकालका लागि बीमा समितिको कार्यकारी अध्यक्ष पदमा चापागाँई नियुक्त भएका हुन् । शिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गत बिहिबार बसेको मन्त्री परिषद्को बैठकले चिरञ्जीवि चापाँगाईलाई नियुक्त गरेको हो । बीमा समितिका निवर्तमान अध्यक्ष डा. फत्त बहादुर केसीको गत पुष ७ गते देखी नै कार्यकाल सकिएको थियो । डा.केसीको कार्यकाल सकिए लगत्तै नयाँ अध्यक्ष नियुक्त गनु पर्नेमा सरकारले आन्तरिक समस्या देखाउदै ११ दिन पछि चापागाँईलाई नियुक्त गरेको हो । बीमा समितको अध्यक्ष चुन्न उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले चापागाँई सहित ३ जनाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावित ३ जनामध्ये चापाँगाईलाई मन्त्रीपरिषद्ले नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितका नव नियुक्त अध्यक्ष चापाँगाई बीमा क्षेत्रका बिज्ञ मानिन्छन् । गत बिहिबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय शिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठमा चापाँगाईलाई नियुक्त गर्ने निर्णय भएको भए पनि सार्वजनिक भने सोमबार गरिएको हो । बिहिबार बसेको बैठकले गरेको निर्णयमा नेपाल सरकारका मूख्य सचिव सोमलाल सुवेदीले सोमबार मात्र निर्णय पुस्तिकामा हस्ताक्षर गरेको बुझिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]