December 18th, 2016

बीमा र होटलले सम्हाले आइतबारको सेयर बजार, एभरेष्टमै लगानीकर्ताको आकर्षण

stockगत साताको अन्तिम दुई दिन बढेको सेयर बजार यो साताको पहिलो दिन पनि बढेरै बन्द भएको छ । बजार खुलेको पहिलो घण्टामा १५१८ अंकसम्ममा झरेको बजार थोरै भएपनि बढेर १५३१.३४ अंकमा पुगेर बन्द भएको छ । दिनभरिमा बजार १.२८ अंकले बढेको हो । आइतबारको बजार बीमा, होटल र अन्य समूहले बढाएका छन् । बीमा ७२.६१ अंकले बढेको छ भने होटल र अन्य समूह भने ९.७७ र २.८९ अंकले बढेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः ०.९, १.८१, १३.३५, ३.४ र २.३३ अंकले घटेका छन् । 

बजार बढेसँगै लगानीकर्ताको मनोबल पनि बढ्दै गएको पाइएको छ । आइतबार गत साताको तुलनामा सुधार हुँदै झन्डै ६२ करोडको कारोबार भएको छ । दिनभरिमा १३३ वटा कम्पनीको सात लाख ५१ हजार ८१ कित्ता सेयर चार हजार दुई सय २५ पटक खरिद विक्री हुँदा कुल ६१ करोड ९८ लाख ३२ हजार दुई सय २६ रुपैयाँ पुँजी परिचालन भएको हो । 

बजार घटबढ भइरहेपछि एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्न सकेको छैन । बैंकले प्रस्ताव गरेको बम्पर लाभांश तथा हकप्रद सेयरका कारण केही समययता एभरेष्ट बैंकको कारोबार सबैभन्दा उच्च रहँदै आएको छ । आइतबार पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै १५ करोड १५ लाख ६५ हजार छ सय ६३ रुपैयाँको कारोबार भएको छ । तीन करोडमाथिको नेपाल लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयर खरिदविक्री हुँदा बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको दुई करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स, चिलिमे हाइड्रो र नेको इन्स्योरेन्सको क्रमशः एक करोड ५९ लाख, एक करोड ४९ लाख र एक करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स, स्वाबलम्बन विकास बैंक, नेपाल एसबिआई बैंकको लगायतको एक करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

अल्पाइन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.५५ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा एनबी इन्स्योरेन्सका सेयरधनीले ९.४३ प्रतिशतका दरले कमाएका छन् भने सप्तकोसी डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स र नागबेली लघुवित्तका सेयरधनीले क्रमशः ८.५२, ८.१५ र ७.६ प्रतिशतका दरले कमाएका छन् । यती डेभलपमेन्ट बैंक, देवः विकास बैंक प्रोमोटर, ललितपूर फाइनान्स, अरुण फाइनान्स र लक्ष्मी लघुवित्तका सेयरधनीले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले ५.८६ प्रतिशतले कमाएका छन् । यसबाहेक, कन्काई विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.४५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने वोमी माइक्रोफाइनान्सका सेयरधनीले ५.८९ प्रतिशतका दरले गुमाएका छन् । फस्र्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, सृजना फाइनान्स, छिमेक लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, माछापूछ्रे बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]