February 20th, 2018

बीमा कम्पनीहरुको ब्यालेन्ससिटमा २० सूचक थपिए 

बैंकिङ खबर । आगामी आर्थिक वर्षदेखि बीमा कम्पनीहरुको ब्यालेन्ससिटमा केही सूचक थपिएर आउने भएका छन् । बीमा समितिले जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा २० वटा र निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा १९ वटा सुचक थप गर्न निर्देशन दिएका छ । बीमा कम्पनीको अबस्था तथा ब्यवसाय बृद्धिको यथार्थ विवरण प्राप्त हुने अपेक्षासहित ब्यालेन्ससीटको अनुसुचीमा प्रमुख सुचकको रुपमा यी अनुपातहरु थप्न लागिएको समितिले जनाएको छ । 

जीवन बीमा कम्पनी
समितिका अनुसार, जीबन बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा कूल बीमा शूल्कमा वृद्धि, प्रथम बीमा शुल्कमा बृद्धि, लगानीमा बृद्धि, जीबन बीमा कोषमा बृद्धि, पुँजी र खुद सम्पत्तिको अनुपात तथा पुँजी र टेक्निकल रिजर्भको अनुपात जस्ता सुचक थपिनेछ । यस्तै सल्भेन्सी अनुपात, (सुचिकृत नभएको सेयरमा लगानी र आसामी)रखुद जम्मा सम्पत्ति, अभिकर्तालाई दिइएको कर्जारअभिकर्ता संख्या, खुद जोखिम धारण अनुपात, खुद टेक्निकल रिजर्भरगत तीन बर्षको खुद बीमा शुल्कको औषत, असमाप्त जोखिम वापतको ब्यवस्थारविगत तीन बर्षको म्यादी बीमा शुल्कको औषत, खर्च अनुपात, कमिसनको अनुपात, कूल ब्यवस्थापनको खर्चरकूल बीमा शुल्क, अभिकर्ता खर्च (अन्य)रकूल ब्यवस्थापन खर्च, बीमालेख जारी खर्च अनुपात, लगानीमा प्रतिफल र पुँजीमा प्रतिफल जस्ता सुचक पनि थप गर्नुपर्ने भएको छ ।

बीमा कम्पनी
यता, निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुले आफ्नो ब्यालेन्ससिटमा कूल बीमा शुल्कमा बृद्धि, खुद बीमा शुल्कमा बृद्धि, लगानीमा बृद्धि, पुँजी र खुद जम्मा सम्पत्तिको अनुपात, खुद बीमा शुल्क र पुँजी अनुपात, सल्भेन्सी अनुपात, (सुचिकृत नभएको सेयरमा लगानी तथा आसामी) र खुद जम्मा सम्पत्ति तथा सेयरमा भएको लगानी र खुद जम्मा सम्पत्ति जस्ता सुचक थप गर्नुपर्नेछ । पुनर्बीमकले भुक्तानी गर्न बाँकी रकम र पुनर्बीमकलाई जारी गरेको बिजकको रकम, खुद जोखिम धारण अनुपात, खुद टेक्निकल रिजर्भ र गत तीन बर्षको खुद दाबी भुक्तानीको औषत, दाबी अनुपात, प्रत्येक्ष खर्च अनुपात, कमिसनको अनुपात, जम्मा खर्च अनुपात, कूल ब्यवस्थापन खर्च र कूल बीमा शुल्क, ब्यवसाय प्रबद्र्धन खर्च र खुद बीमा शुल्क, लगानीबाट आय र खुद बीमा शुल्क तथा पुँजीमा प्रतिफल जस्ता सुचक पनि थप गर्न निर्देशन दिइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]