September 25th, 2016

बीमा अभिकर्ताहरु समितिप्रति असन्तुष्ट : उत्रिए आन्दोलनमा

bima samitiव्यवसायिक बीमा अभिकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । बीमा समितिले आफूहरुले पाउँदै आएको सुविधालाई कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् । आन्दालनको सुरुवात जागरण अभियानबाट गरेका अभिकर्ताहरुले दोस्रो चरणमा सशक्त रुपमा नै आन्दोलनमा उत्रिने समेत बताएका छन् । 

सम्बन्धित नियमनकारी निकाय, कम्पनी तथा विमितहरूमाझ बिमा व्यवसायलाई दिगो बनाउन सकिन्छ भन्ने बिषयमा छलफलसहित अभिकर्ताहरूले जागरण अभियान सुरुवात गरेका हुन् । ‘समग्र बीमा क्षेत्रको दिगो विकास अभियान २०७३’ को नारासहित उनीहरूले देशव्यापी अभियान सुरुवात गरेका छन् ।

समितिले गत बर्ष अभिकर्ताहरूले निर्जीवन बीमा यवसायबाट पाउँदै आएको १५ प्रतिशत कमिसनलाई घटाएर ५ प्रतिशतमा झारेको थियो । त्यस्तै, चालू आव देखि बैदेशिक रोजगारी म्यादी जीवन बीमामा अभिकर्ताले लिदै आएको ६ प्रतिशत कमिशनलाई पूर्ण रुपमा हटाइएको छ । त्यस्तै, जीवन बीमा कम्पनीहरूले प्रथम बिमाशुल्क आम्दानीबाट व्यवस्थापन खर्च ६ प्रतिशतमा सिमित राख्नु पर्ने नयाँ व्यवस्था गरेको छ ।

सोही व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै अभिकर्ताहरूले गत असार ३० गते विभिन्न ९ बुदे मागसहित बिमा समितिमा आफनो ज्ञापनपत्र बुझाएका थिए । निर्जीबन बीमा व्यवसायमा अभिकर्ताले १५ प्रतिशतसम्म कमिसन पाउने व्यवस्था यथावत राख्नु पर्ने, बैदेशिक रोजगारमा जानेको म्यादी जीवन बीमामा ६ प्रतिशत कमिसन यथावत राख्नु पर्ने, अभिकर्ताले पाउने कमिसनको अतिरिक्त इन्सेन्टिभको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, कम्पनीहरूको व्यवस्थापन खर्चमा समितिले गरेको ६ प्रतिशतको क्यापलाई हटाउनु पर्नेलगायतका माग अभिकर्ताहरूले राखेका छन् । यसको बोधर्थ कानुन मन्त्रालय र अर्थ मन्त्रायमा समेत पठाइसकिएको संघले जनाएको छ । उनीहरूले अभिकर्ताहरूको कमिशन यथावत राख्नु पर्ने, मुलुकको विकास लागि बिमा कम्पनीहरू सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]