February 6th, 2018

फागुन ६ गतेदेखि बैंकिङ ट्रेनिङ संचालन हुँदै

बैंकिङ खबर । फागुन ६ गतेदेखि बैंकिङ तालिम हुने भएको छ । पाँच दिनसम्म संचालन हुने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ भन्ने कुराको जानकारी तालिमले प्रदान गर्नेछ । साथमा बैंकिङ प्रणालीमा पुँजी वृद्धि, जोखिम व्यवस्थापन र तरलता व्यवस्थापन कसरी हुन्छ लगायतका अत्यावश्यकीय जानकारी तालिममा पाइनेछ । यसका अलावा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न, बैंकका प्रकार र तिनिहरुको काम, कर्तव्य तथा अधिकारहरुका बारेमा प्रष्ट हुन, बैंकिङ अन्तर्वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुझ्न, बैंकमा प्रयोग हुने प्रविधि र तिनिहरुलाई प्रयोग गर्ने तरिकाका बारेमा विस्तृतमा जान्नका लागि यो बैंकिङ जब ट्रेनिङ उपयोगी हुने बताइएको छ ।

बैंकमा काम गर्न चाहने तर आवश्यक वित्तीय चेतना नभएका, बैंकिङ क्षेत्रबारे चासो राख्ने, बैंकमा काम गरिरहेका तर वित्तीय ज्ञानमा कमजोर एवम् उद्यमी तथा व्यवसायी बन्न चाहाने युवा वर्गलाई लक्षित गरी मिडिया इन्टरनेशनलले बैंकिङ ट्रेनिङको आयोजना गर्न लागेको हो । तालिममा सहभागी हुनका लागि कुनै किसिमको अनुभव नचाहिने र जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताइएको छ । प्रशिक्षार्थीहरुले व्यवस्थापन संकायमा प्रविणता तह उतीर्ण गरेको हुनुपर्नेछ । 

फागुन ६ गतेदेखि १० गतेसम्म हरेक दिन विहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टाका दरले प्रशिक्षण दिइनेछ । प्रशिक्षण सम्बन्धित विषयका जानकारहरुद्धारा दिइनेछ । मिडिया इन्टरनेशनलको सभाहलमा उक्त तालिम संचालन गरिनेछ । तालिममा सहभागी हुनका लागि दुई हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।

थप जानकारीका लागि ०१४१०२६०६ तथा ९८६१३१५११७ मा सम्पर्क गर्न आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]