June 3rd, 2016

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा भेषराज पन्थी

vesh rajफर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले भेषराज पन्थीलाई सीईओमा नियुक्त गरेको छ । करिव ६ महिनादेखि रिक्त पदमा कम्पनीको बिहीबार बसेको सञ्चालक समितिले पन्थीलाई नियुक्त गरेको हो । शुक्रबारबाटै कार्यभार सम्हालेका उनी ४ वर्षका लागि नियुक्त भएका हुन् । 

यसअघि कम्पनिको सीईओमा नुमनाथ पौडेल थिए । पन्थी राष्ट्रिय वाणिज्य बैंकबाट अनिवार्य अवकाश पाएका व्यक्ति हुन् । सुरुदेखि नै राष्ट्रिय वाणिज्य बैंकमा रहेका उनी त्यहाँ कामु प्रमुख कार्यकारी अधिकृतसम्म भए । ३० बर्षे सेवापछि उमेर हदका कारण उनी अवकाश भएका थिए । पन्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]