January 28th, 2018

प्रोग्रेशिभ फाईनान्स पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा 

बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS)मा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले प्रोग्रेशिभ फाईनान्स लिमिटेडसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा संचालन सम्बन्धि सम्झौता गरेको छ । सम्झौताअनुसार फाईनान्स कम्पनीलाई उपलब्ध गराईंएको NCHL-IPS आइतबारबाट संचालनमा आएको छ । सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र प्रोग्रेशिभ फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईले हस्ताक्षर गरेका छन् ।

अब प्रोग्रेशिभ फाईनान्सले NCHL-IPS मार्फत सदस्य बैंक वित्तीय संस्थाहरुबाट भुक्तानी दिने र लिने जस्ता कारोबारहरु गर्न सक्नेछ । हालसम्म कम्पनीले ७० बैंक तथा वित्तीय संस्थाहरुसँग Direct Member को रुपमा र अन्य ७ कम्पनीहरु Indirect/ Technical Member को रुपमा सम्झौता गरिसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]