June 17th, 2016

प्रुडेन्सियल इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

prudentialप्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनश दिने भएको छ । कम्पनिको चौधौँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । कम्पनी संचालक समितिले गत आर्थिक बर्षको मुनाफाबाट दश प्रतिशत बोनश बाड्ने प्रस्ताव साधारणसभामा लगेको थियो । ३२ करोड ४० लाख चुक्ता पूँजी रहेको कम्पनीको बोनश शेयर पश्चात चुक्तापूँजी ३५ करोड ६४ लाख पुग्नेछ ।

साथै साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट संचालक र अध्यक्ष समेत चयन गरेको छ । कम्पनीले समुह संस्थापक शेयरधनीहरुबाट चार जना संचालकहरु क्रमशः विरेन्द्र कुमार संघई, श्रवण कुमार अग्रवाल, विशाल अग्रवाल र अमित अग्रवाललाई संचालक पदमा निर्विरोध रुपमा चयन गरेको हो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]