March 5th, 2017

प्राइम लाइफ इन्स्योरेन्सका नयाँ अभिकर्तालाई तालिम प्रदान

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना नयाँ अधिकर्ताहरुलाई लक्षित गर्दै अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिद्धारा स्वीकृती प्रदान गरिएको उक्त तालिम यहि फागुन १८, १९ र २० गते ३ दिन अर्घाखाँची शाखा कार्यालयमा सञ्चालन भएको थियो । 

तालिम अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरेको संयोजकत्वमा सम्पन्न भएको थियो भने नारायण घिमिरे, अभिकर्ता व्यवसाय अधिकृत यमलाल भुसाल, अन्य व्यवसाय अधिकृतहरु, केही बजार प्रतिनिधिहरु र अभिकर्ता लगायतका प्रशिक्षकद्धारा तालिम प्रदान गरिएको थियो । साथमा, बजार प्रतिनिधिहरुले बीमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाए । उनीहरुका अनुसार, पहिलेको तुलनामा बीमाको मार्केटिङ धेरै सहज भएको छ । 

तालिममा अर्घाखाँचीका बिभिन्न स्थानबाट सहभागी १७ जना योग्य अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]