December 28th, 2017

प्रभु लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘म्यादी जीवन बीमा’

विहीबार (पौष १३ गते)देखि प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ ।

विहीबार एक समारोहका बीच प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले शुभारम्भ समारोहको उद्घाटन गरेको छ । पाण्डेले प्रभु लाइफ इन्स्योरन्सले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भई सेवा दिने बताए । कम्पनीले अब देशभरी नै आफ्नो शाखा संजाल पूर्याई जीवन बीमासँग सम्बधित हरेक सेवा प्रदान गर्ने लक्ष्य लिएको उनले बताए ।

उक्त कार्यक्रममा प्रभु बैंकका संचालक अम्बिका शर्मा तथा प्रभु लाइफ इन्स्योरेन्सका संचालक नरेश मल्लले कम्पनीले यसै गरी ग्राहकमाझ आफ्नो पहिचान बनाउन प्रभु लाइफ इन्स्योरन्स सफल हुने कुरामा दुई मत नहुने बिचार व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]