September 24th, 2017

प्रभु क्यापिटलका सेयरधनीलाई २० प्रतिशत नगद लाभांश, साधारणसभाबाट पारित

प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज ६ गते शुक्रबार सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष बिनोद थकालीको सभापतित्व तथा सेयरधनीहरु, नियमनकारी निकायका प्रतिनिधीहरु, कर्मचारीहरुको उपस्थितीमा सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले आ.व. २०७३/०७४ को वित्तीय विवरण पनि पारित गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]