August 4th, 2016

पौने चार अर्बको ट्रेजरी बिल आउँदो सोमबार

nepal rastra bankबैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई खिच्ने भएको छ । केन्द्रीय बैंकले मुल्यस्थिरता कायम गर्नका लागि ट्रेजरी बिलमार्फत रकम खिच्न लागेको हो । त्यसका लागि आगामी सोमबार नेपाल राष्ट्र बैंकले ३ सय ८५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी असोज २३ गते परिपक्व हुनेछ । उक्त ट्रेजरी सोमबार दिउँसो ३ बजे अनलाइन बोलकबोलबाट विक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।  

बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले तरलता केन्द्रीय बैंकलाई बिक्री गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]