June 17th, 2016

पुनः कर्मचारी कटौती गर्दै नेपाल टेलिकम

telecomपूराना कर्मचारीहरुले नयाँ प्रविधिसँग अपडेट भएर काम गर्न नसकेको भन्दै नेपाल टेलिकमले फेरी कर्मचारी कटौति गर्ने भएको छ । एक वर्षभित्रमा १८ सय कर्मचारीलाई अवकास दिने लक्ष्यका साथ टेलिकमले आह्वान गरेको पहिलो चरणमा ७ सय ८९ जना कर्मचारीलाई भिआरएसमार्फत अवकास दिएको टेलिकमले दोस्रो चरणको स्वेच्छिक अवकास कार्यक्रम (भिआरएस)का लागि आह्वान गरेको हो । 

टेलिकमले शुक्रवारदेखि १५ दिनभित्र आफू कार्यरत निर्देशनालय वा लेखा कार्यालयबाट प्रमाणित गरी निवेदन दिन अनुरोध गरेको छ । सेवा अवधि ६ महिना भन्दा कम बाँकी रहेका बाहेक २५ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारी भिआरएस योजनामा सहभागी हुन सक्नेछन् । अवकाश लिन चाहने कर्मचारीका लागि व्यवस्थापनले फारम उपलब्ध गराउँछ र कर्मचारीले टेलिकमको कार्यविधिअनुसार त्यो फारम भरेर बुझाउँछन् र अवकासको चरणमा पुग्छन् । स्वेच्छिक अवकाश योजनामा सहभागी हुने कर्मचारीले न्यूनतम ४० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म पाउनेछन् ।
 
टेलिकमले तीन चरणमा ती कर्मचारीलाई बिदा गर्ने योजना अगाडि ल्याएको थियो । एकै पटक सबैलाई बिदाई गर्दा कम्पनीलाई ठुलो व्यवभार पर्ने भएकाले तीन चरणमा कटौती गर्न लागिएको बताइएको छ । अघिल्लो चरणमा यसरी कर्मचारी विदाइ गर्दा टेलिकमलाई करिब साढे ५ अर्ब रुपैयाँ व्ययभार परेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]